२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

बस दुर्घटना हुँदा १९ यात्रु घाइते


३४९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • दाङ — घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सोमबार ग्वारखोलामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।

    दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलाकी ३० वर्षीया लक्ष्मी केसी, वडा नम्बर ६ का १९ वर्षीय झनक के.सी.,बरुवागाउँकी २१ वर्षीया सरु बस्नेत, वडा नम्बर ४ की ३६ वर्षीया तिला कुँवर, वडा नम्बर ५ की ३० वर्षीया सुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ वर्षीया बासुदेव चौधरी र वडा नम्बर १४ का २६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् ।

    यसैगरी तुलसीपुर ७ का १८ वर्षीय विशाल मगर, २१ वर्षीय राज केसी, वडा नम्बर ६ की २२ वर्षीया दुर्गा नेपाली, शान्तिनगर गाउँपालिका ६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर ७ का २९ वर्षीय भिमप्रसाद राना र घोराही उपमहानगरपालिका १६ की ३० वर्षीया लक्ष्मी गिरी घाइते छन् ।

    अन्य घाइतेहरुमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १२ का ३९ वर्षीय हेमराज पुन, ४० वर्षीया पञ्चबहादुर पुन, घोराही १५ की १९ वर्षीया सुरक्षा शर्मा, घोराही १५ की १८ वर्षीया प्रमिका ज्ञवाली, वडा नम्बर १२ का ४१ वर्षीय गोपाल पुन र वडा नम्बर ५ का ३० वर्षीय रामबहादुर पुन छन् ।

    घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु