२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रेमा पिताकोे योगदान सम्झदै महेशको गहभरी आँशु, लीला–मध्यमार्ग अक्षयकोषद्वारा दुई व्यक्तित्वलाई सम्मान


४७३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २२, बुधबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे, बनेपा । लीला–मध्यमार्ग अक्षयकोषद्वारा आयोजित कार्यक्रममा दुई काभ्रेली हुनाहार व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

    सम्मानित हुनुहुनेहरुमा काभे्रको भूमिमा जन्मेर राजनीतिक क्षेत्रलाई अंगाल्दै जिल्लाको बिकास निर्माणमा ठुलो योगदान पु¥याउन सफल रहनु भएका पुर्व—मन्त्री राजेन्द्र खरेल र पत्रकारीताको माध्यमबाट सामाजिक चेतना विस्तारका लागि योगदान पु¥याउंदै काभे्रली संञ्चार माध्यलाई टेवा पु¥याउनु भएका स्व.रामचन्द्र हुमागाईलाई स्मरण गर्दै उहाँले जिल्लावासिमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांङ्कन गर्दै सम्मान गरीएको छ ।

    बरिष्ट पत्रकार मध्यमार्ग साप्ताहिकका संम्पादक प्रदिप केसीले आफ्ना स्व.पिता प्रजातन्त्रसेनानी लिला बहादुर केसीको स्मृति र सम्मानमा स्थापना गरेको लीला—मध्यमार्ग अक्षयकोषबाट स्थापित लीला—मध्यमार्ग सम्मान २०७७ बाट काभे्रली दुई व्यक्तित्वलाई सम्मान गरीएको हो । स्वास्थ्यमा समस्या भएको कारण राजेन्द्र खरेलको उपस्थिती हुन नसकेपछि उहाँको छोरा महेश खरेल मार्फत सम्मान पत्र पठाईएको थियो । त्यसैगरी स्व.रामचन्द्र हुमागाईको छोरा राजु हुमागाईलाई सम्मान गरिएको थियो ।

    सम्मानित हुनुहुनेहरुमा काभे्रको भूमिमा जन्मेर राजनीतिक क्षेत्रलाई अंगाल्दै जिल्लाको बिकास निर्माणमा ठुलो योगदान पु¥याउन सफल रहनु भएका पुर्व—मन्त्री राजेन्द्र खरेल र पत्रकारीताको माध्यमबाट सामाजिक चेतना विस्तारका लागि योगदान पु¥याउंदै काभे्रली संञ्चार माध्यलाई टेवा पु¥याउनु भएका स्व.रामचन्द्र हुमागाईलाई स्मरण गर्दै उहाँले जिल्लावासिमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांङ्कन गर्दै मरणोपरान्त सम्मान गरिएको हो ।

    कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलको सम्मान ग्रहन गर्दै आफ्नो पिता राजेन्द्र खरेलले देखाएको बाटो नबिराई अगाडी बढ्ने बताउनु भयो । उहाँले थप्नुभयो “बुवाले देशकोलागि पुर्याएको योगदान मेरो लागि पाठ भएको छ ।”

    काभ्रेको बनेपामा आज (बुधबार) सम्पन्न लीला–मध्यमार्ग अक्षयकोषद्वारा आयोजित सम्मान कार्यक्रममा आफ्ना पिता राजेन्द्र खरेलको सम्मान ग्रहन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख खरेलले उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो व्यक्तिगत स्वार्थलाई त्यागी सामाजिक हितको लागि कार्य गर्ने व्यक्तित्व उत्पादनको लागि सामाजिक हितको खातिर कार्यगर्नेहरुको सम्मान र प्रचार गर्न जरुरी रहेको बताउनु भयो ।

    कार्यक्रममा खरेलले भन्नुभयो—राज्यको तर्फबाट बिभुषित भएकाहरुप्रति लक्षीत गर्दै भन्नुभयो “राजनीतिक वा बिभिन्न जिम्मेवारी पदमा रहेर अकुत सम्पत्ति आर्जन गर्नेहरुलाई राज्यले बिभुषण गर्दा निस्वार्थ ढंगबाट मुलुकको हितको खातिर कार्यगर्नेहरुले राम्रोसंग मुल्याङ्कन गरीरहेको छ ।” व्यक्तिगत स्वार्थमा डुबुल्कि मार्नेहरुलाई राज्यले बिभुषण गर्दा सामाजिक हित विपरित कार्यगर्नेहरुलाई हौसला मिलेको बताउनु भयो ।

    मुलुकको हितको खातिर निरन्तर कार्य गर्नेहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्दा भावि दिनहरुमा समेत नेपाल र नेपालीको हितको खातिर कार्यगर्ने नयाँ अनुहारको उदय हुने खरेलको तर्क थियो । आफ्ना पिताले मुलुकमा पुर्याएको योगदानको कदर गर्दै पिताको १६ स्मृतिमा स्थापना गरेको लीला–मध्यमार्ग अक्षयकोषले चालेको कदमले समाजमा राम्रा कार्यगर्नेहरुलाई हौसला भई समाजमा राम्रा व्यक्तिहरुको उत्पादन हुने बताउनु भयो ।

    बरिष्ट पत्रकार एवं मध्यमार्ग साप्ताहिकका संम्पादक लीला–मध्यमार्ग अक्षयकोषका संयोजक प्रदिप केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित व्यक्तित्य राजु हुमागाई, पत्रकार महांसघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पुर्व शिक्षा सचिव चन्द्र वहादुर खड्का, शब्दयात्रा प्रकासनका अध्यक्ष हरि मञ्जुश्री लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम संञ्चालक पे्रस युनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले गर्नु भएको थियो ।

    लिला वहादुर केसीको संक्षिप्त जीवनी

    काभे्र जिल्लाको साविक मल्पी गाविस वडा नं ८ मा पिता देवदत्त तथा माता नन्दमायाको कोखबाट १९९३ साल चैत्रमा जन्मनु भएका लिलाबहादुर केसी सामाजिक कार्यमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो ।
    रोजगारीको लागि कलिलै उमेरमा आशामको कोईलाखानीमा पुग्नुभएका केसीले कोईलाखानीमा कार्यरत मजदुरहरुको हकहितको लागि आन्दोलन गर्नुभयो । मजदुरहरुको हितको लागि आवाज उठाउंदा २०११ सालमा जेल पर्नुभयो १३ बर्षसम्म कारावास पर्नुभएका केसी २०२४ सालमा जेल मुक्त हुनुभयो ।

    ३१ बर्षको उमेरमा आफ्नो जन्मभूमि फर्किएर सामाजिक हितको लागि कार्य गर्ने जमर्को गर्दै अगाडी बढ्ने क्रममा २०२५ सालमा मल्पी गाउंपञ्चायतको प्रधानपञ्च हुन सफल रहनु भयो । ०२५ सालबाट २०४३ सालसम्म निरन्तर प्रधानपञ्च हुनुभएका केसी प्रधानपञ्चको जिम्मेवारी सम्हाली रहंदा “महेन्द्र सरकार मुर्दाबाट नेपाली कांगे्रस जिन्दाबाद” लेखिएको पर्चा बाडेको अभियोगमा २०२८ सालबाट २०३१ साल सम्म जेल पर्नुभएको थियो ।
    पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालि रहंदाको अवस्थामा पनि राजेन्द्र खरेलसंग सम्पर्क गरी नेपाली कांगे्रस पार्टीको प्रचारमा लाग्दै गर्दा खरेल र केसी संगै जेल पर्नुभएको थियो । विकास निर्माण कार्यको लागि निरन्तर रुपमा अगाडी बढ्नु भएका केसीले जनताको काममा कर्मचारीहरुले दुःख दिएको भन्दै काभे्रको एलडिवोलाई जुत्ताको माला लगाएर जनताको हितमा काम गर्न सजग गराउनु भएको थियो ।

    केसीले प्रधानपञ्चको जिम्मेवारी सम्हाली रहंदा पनौती क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानि, सिंचाई, विद्युतिकरणको लागि ठुलो योगदान पु¥याउनाको साथै ग्रामिण सडक निर्माणको लागि निकै सकृय ढंगबाट अगाडी बढ्दै गर्दा आफ्नो स्वस्थ्य प्रतिकुल बन्दै गएपछि पनौती इन्दे्रश्वर बाट खरिवोट बञ्जारागाउं जाने सडक निर्माण कार्य सम्पन्न गर्ने जिम्मा विशेश्वर बञ्जारा र रविन्द्र खड्कालाई दिनु भएको थियो ।

    सामाजिक हितको लागि निडरका साथ निरन्तर अगाडी बढ्नुभएका केसीको दुई छोरा (प्रदिप केसी र राजु केसी) र १ छोरी (कल्पना केसी) हुनुहुन्छ । आफ्नो जिवनलाई सामाजिक क्षेत्रमा लगाई रहने क्रममा केसीको २०६२ साल पुष ८ गते स्वर्गारोहण भएको थियो ।

    लीला–मध्यमार्ग अक्षयकोषबाट सम्मानित
    राजेन्द्र खरेलकोे संक्षिप्त जीवनी

    काभे्र जिल्लाको खरेलथोकमा पिता देविप्रसाद खरेल तथा माता मुकुन्द कुमारी खरेलको कोखबाट २००३ सालमा जन्मनु भएका राजेन्द्र खरेल राजनीतिकको माध्यमबाट समाज रुपान्तरण गरी नेपालीहरुको मुहारमा खुसियाली ल्याउने दृड संङ्कलपका साथ अगाडी बढ्नुभएको थियो । मुलुकमा प्रजातन्त्र प्रप्तिका लागि अगाडी बढ्दै गर्दा पटक पटक गरी १० बर्ष जेलजिवन विताउनु भएको थियो ।

    आफ्नो बाल्यकालको सपनालाई पुरा गर्ने सोचका साथ कलिलो १४ बर्षको उमेरमा उहाँ २०१७ सालमा (विद्यार्थीबाट) राजनीतिमा होमिनुभयो । आफ्नो राजनीतिलाइ निरन्तर रुपमा अगाडी बढाउंदै जाने क्रममा २०५६ संसद निर्वाचित भई कृष्णप्रसाद भट्टराई नेतृत्व सरकारको समयमा शिक्षा राज्यमन्त्री र शेयर वहादुर नेतृत्व सरकारमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

    खरेलले मन्त्रीको जिम्मेवारी सम्हाली रहदा काभे्रमा २५० भन्दा बढी शिक्षक दरवन्दि कोटा, प्राथमिक शिक्षा परियोजना लागु, विराटनगरमा बन्न तयारी अवस्थामा रहेको नेपाल पोलिटेक्निक (इन्ट्रिच्युट) महाविद्यालय काभ्रेको बनेपामा बनाउन सफल, काभ्रेको विकट स्थानको रुपमा परिचित कोशिपारी सडक निर्माणको लागि ठुलो भुमिका लगाएतको धेरै विकास निर्माणको कार्य गर्दै अगाडी बढ्नु भएको थियो ।

    नेपालमा प्रजातन्त्र प्राप्तिको लागि बिपी कोईराला, गण्ोशमान सिं, कृष्णप्रसाद भट्टराई लगाएतसंगै निरन्तर रुपमा अगाडी बढ्नुभएका राजेन्द्र खरेलले पञ्चायतकालमा जेल बस्दा उपलब्ध भएको खाद्यान्न साथै नगद राज्यलाई नै फिर्ता गर्नुभएको थियो । १० बर्षे माओवादी द्वन्दकालमा तत्कालिन माओवादीले खरेलको द्दरमा बम विष्फोटन गराएर क्षती पुर्याएको थियो तर सरकारले घरमा भएको क्षतिलाई आधार मानेर उपलब्ध गराएको क्षतिपुर्तीको रकम राज्य कोषमै फिर्ता गराएर द्वन्दमा होमिएका पार्टी शान्ति प्रकृयामा आउनुनै आफ्नो लागि क्षतिपुती सरह भएको बताउनु भएको थियो । शेयर बहादुर नेतृत्वको सरकारले संसद बिघटन गर्दा त्यसको विरुद्दमा हस्ताक्षर गर्दै मन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।

    देवकी (मैनाली) खरेलसंग बैवाहिज बन्धनमा बाधिनु भएका खरेलको ३ छोरा हुनुहुन्छ । जसमध्य माहिला छोरालाई नेपाल र नेपाली जनताको हितको खातिर आफुले अवलम्बन गरेको मार्ग पहिल्याउंदै आफ्ना अधुरा सपनाहरु पुर्ण गराउने अपेक्षा सहित राजनीतिक क्षेत्रमा समावेस गराउनु भएको छ । अमेरीकामा आफ्नो व्यसाय गरी रहनुभएका छोरा महेश खरेललाई नेपालमा झिकाएर आफुले अवलम्बन गरेकोे मार्ग पहिल्याउन सुझाव दिदै राजनीतिमा प्रवेश गराए पश्चात हाल पाँचखाल नगरपालीकाको प्रमुख (मेयर) हुन सफल हुनुभएको छ ।

    लीला–मध्यमार्ग अक्षयकोषबाट मरणोपरान्त सम्मानित
    स्वर्गिय रामचन्द्र हुमागाईंको संक्षिप्त जीवनी

    काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन कुशादेवी ग्राम विकासमा गुणनिधि हुमागाईं तथा खलकुमारी हुमागाईंको कोखबाट २०१० साल असार ५ गते रामचन्द्र हुमागाईंको जन्म भएको थियो । १० बर्षको उमेर छँदा हजुरबुबाले गाली गरेर दिनु भएको नाम रामोदर । गालीबाट नै हजुरबुबाबाट पाउनु भएको आशिष ‘तँ लेख, रचना, कविता र कथा लेख्ने मानिस बन्नेछस् ।’ त्यसैले बिद्यार्थी छँदादेखि नै श्रमगर्दै अक्षरजिवी बन्नुभएको व्यक्तित्वको नाम हो रामचन्द्र हुमागाईं ।

    गाउँकै विद्यालयमा ५ कक्षासम्म पढेर गाउँको सदरमुकाममा आठकक्षासम्म पढ्न पाउनु भएको र त्यसभन्दामाथिको कक्षामा पढ्न जिल्ला सदरमुकाम जानु भयो । धुलिखेलमा नौ र दश कक्षासम्म अध्ययन गरि एस्एल्सी परीक्षा पछि गाउँमा नै फर्किनु भयो ।

    एस्एल्सीको नतिजा नआउँदै पैसा खर्च गरेर उच्च शिक्षा पढाउन नसक्ने बाबुको आसयले राजधानी पस्नुभयो । बस्ने खाने ठेकान नभएको बेलामा राष्ट्रबाणी पत्रिका प्रकाशनका लागि गोरखापत्रका तत्कालिन सम्पादक राचन्द्र न्यौपानेको कारिन्दा भएर काम गर्न थाल्नु भयो । त्यति नै बेलामा एस्एल्सीको नतिजा प्रकाशन भएपछि अध्ययनलाइ अगाडि बढाउने बाटो खुल्यो । श्रम गर्दै खर्च जुटाएर राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन भएको थियो ।

    शिक्षा र जीवन गुजाराका लागि २०३६ सालसम्ममा १० भन्दा बढी पत्रिकाहरुमा काम गर्नुभएपछि २०३९ साल पुष महिनादेखि नेपालभूमि साप्ताहिक आफैले आफ्नो पत्रिका चलाउनु भयो । पत्रिकाहरुमा काम गर्दै पत्रकारिताको जिम्मेवार बोक्नु भएका रामचन्द्र हुमागाईं जीवनपर्यन्त पत्रकारिताको कामलाई निरन्तरता दिनुभयो ।

    नेपालभूमि प्रकाशनभन्दा अघि नै पत्रकारिता गरिरहँदादेखि नै पञ्चायती व्यबस्था बिरुद्ध लेख्ने काम गरिरहनु भएको थियो । नयाँ सन्देश पत्रिकामा काम गरिरहँदा सम्पादकले लेख फेर्न दवाव दिएकै कारणले काम छोड्नु भएका वहाँको अडान कायम नै रहेको थियो । एक त कम्युनिष्ट पार्टीको सदस्य भै सक्नु भएको र आफ्नै पत्रिका मार्फत जनतालाई सुसूचित कत्र्तव्यलाई निरन्तरता दिंदै २०४० साल जेठ १० गते मङगलवारको अंकमा ‘एउटा तानाशाहको निमन्त्रणामा अर्को तानाशाह’ शिर्षकमा समाचार छापिएपछि सोहि साँझ पक्राउ पर्नुभयो । खोरमा राखियो । एकबर्षपछि सर्बोच्च अदालतबाट एउटा घटनामा दुई टाउँबाट मुद्दा हुन नसक्ने भन्ने फैसलाले जेलबाट छुट्नु भयो ।

    पार्टीभित्रको चाकडी, नाताबाद कृपाबाददेखि दिक्क लागेर पछि पार्टी सदस्यता परित्याग गर्नुभयो । आफ्नो बिचारलाई कायम नै राखिरहनु भयो ।
    नेपालभूमि साप्ताहिक पत्रिकाको बिशेषाङ्क तयारीका लागि देश दर्शन कार्यक्रममा लाग्नु भएका वहाँ सौराहामा भेटभएका जापानी इलेक्ट्रिकल इञ्जिनियर यासिहिरो मुतोको निमन्त्रणामा २०५१ साल जेठमा जापान भ्रमणमा जानु भयो । घुम्ने र फर्कने खर्चका कारण उतै काम गरेर केहि समय बिताउन बाध्य हुनुभयो । २०५५ साल पुषमा मात्र नेपाल फर्कनु भयो ।

    जीवनको उत्तरार्धमा काठमाडौं घट्टेकुलोमा स्थायी बसोबास गर्नुभएका रामचन्द्र हुमागाई काठमाडौं जेभियर्स पब्लिक स्कूल, जनसाँस्कृतिक महासंघ, प्रगतिशील लेखक संघ, शब्दयात्रा पत्रकार समाजमा आबद्ध हुनुभएको थियो । वहाँले जनसाँस्कृतिक महासंघको काठमाडौं जिल्ला अध्यक्ष र लेखक संघ काठमाडौंको उपाध्यक्षको जिम्मेवारी बहन गर्नुभएको थियो ।

    जीवनकालमा थुप्रै लेख, रचना, कविताहरु सृजना गर्नुभएका वहाँको आफ्नै लेखहरुको संग्रह २०६६ सालमा समयको अभिलेख पुस्तक नेपालभूमि प्रकाशन प्रा लिका लागि प्रकाशक कृष्णमान श्रेष्ठद्वारा प्रकाशन भएको थियो । २०७२ सालमा प्रकाशक शब्दयात्रा प्रकाशनद्वारा रामचन्द्र हुमागाईंको यात्रा संस्मरण जापानमा अलमलिंदा पुस्तक प्रकाशन भएको छ ।

    रामचन्द्र हुमागाईंको जीवनको महत्वपूर्ण पाटो भनेको पत्रकारितामा योगदान नै हो । लगभग ४५ बर्ष पत्रकारतिामा होमिनु भएका वहाँले राज्यको चौथो अंग भनिएको पत्रकारिताको वास्तविक अवस्था बुझ्नुभएको थियो । कतिपय ठाउँमा गलत प्रबृतिको बिरुद्ध बिद्रोह गरेर काम नै छोडेर हिड्नु भएको थियो भने प्रेस काउन्सिलमा हुने अपाच्य गतिविधिले व्यक्तिगत स्वार्थका लागि कहिले पनि जीवन फाल्ने काम गर्नुभएन । लोभ लालचलाई तिलाञ्जली दिए वापत रामचन्द्र हुमागाईं पत्रकारिता क्षेत्रमा सदैब उपेक्षित रहनुभयो । तथापि वहाँले सृजना गर्नुभएको नेपालभूमि साप्ताहिकलाई निरन्तरताका लागि शब्दयात्रा प्रकाशन प्रालि लाई हस्तान्तरण गरिदिनुभयो ।

    रामचन्द्र हुमागाईंको जीवनको उत्तराद्र्ध मधुमेह चिनीरोगबाट पिडित हुनुहुन्थ्यो । त्यहि कारणबाट २०७५ साल कार्तिक ४ गते ६५ बर्षको उमेरमा वहाँले बिश्राम लिनुभयो ।

     

     

     

     

     

     

    साध सदियारको सुचना सच्याउनु पर्ने ……१

    आज काभे्रमा राजेन्द्र खरेल सम्मानित हुने

    बनेपा÷काभे्रका लोकतान्त्रीक नेता एवं पुर्व मन्त्री राजेन्द्र खरेललाई आज काभे्रमा सम्मान गरिने भएको छ ।
    बरिष्ट पत्रकार मध्यमार्ग साप्ताहिकका संम्पादक प्रदिप केसीले आफ्ना स्व.पिता प्रजातन्त्रसेनानी लिला बहादुर केसीको स्मृति र सम्मानमा स्थापना गरेको लीला—मध्यमार्ग अक्षयकोषबाट स्थापित लीला—मध्यमार्ग सम्मान २०७७ बाट आज बनेपामा एक कार्यक्रमको आयोजना गरी काभे्रली दुई व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
    सम्मानित हुनुहुनेहरुमा काभे्रको भूमिमा जन्मेर राजनीतिक क्षेत्रलाई अंगाल्दै जिल्लाको बिकास निर्माणमा ठुलो योगदान पु¥याउन सफल रहनु भएका पुर्व—मन्त्री राजेन्द्र खरेल र पत्रकारीताको माध्यमबाट सामाजिक चेतना विस्तारका लागि योगदान पु¥याउंदै काभे्रली संञ्चार माध्यलाई टेवा पु¥याउनु भएका स्व.रामचन्द्र हुमागाईलाई स्मरण गर्दै उहाँले जिल्लावासिमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांङ्कन गर्दै मरणोपरान्त सम्मान गरीने जानकारी प्राप्त भएको छ ।
    लीला—मध्यमार्ग अक्षयकोषका संथापक संयोजक प्रदीप केसीका अनुसार आफ्ना पिता प्रजातन्त्रसेनानी लीलाबहादुर केसीको १६ स्मृतिमा स्थापना गरेको लिला मध्यमार्ग अक्षयकोषले बार्षिक रुपमा काभे्रमा जन्म लिएर राजनीतिक क्षेत्रबाट जिल्लामा योगदान पु¥याउने र पत्रकारीताको माध्यमबाट योगदान पु¥याउनेलाई सम्मान गरिने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार