काभ्रे। नेपाली जनताले मुलुक चलाउने जिंम्मा कम्युनिष्टहरुलाई दिनुभयो, तर कम्युनिष्ट भित्रको असक्षमताको कारण ५ बर्षको लागि दिएको जिम्मेवारीबाट पन्छिएर ३ बर्षमै भागे कम्युनिष्ट ।
उक्त भनाई नेपाली कांगे्रसका केन्द्रिय सदस्य आनन्द ढुंगानाले पाँचखालमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको बिरोधमा आयोजित कार्यक्रममा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य डुंगानाले भन्नुभयो—नेपालमा कांगे्रस नभए मुलुक चल्दैन । मुलुकको दितको लागि कांगे्रस सताब्दिऔं देखी लागि रहेको छ र निरन्तर रुपमा अगाडी बढ्दै जाने छ । नेपाली कांगे्रस कम्युनिष्टसंग मिलेर कुनैपनि आन्दोलन गर्दैन । मुलुकको हित विपरित कार्यगर्नेहरुको विरुद्धमा खवरदारि गर्न कांगे्रस एक्लै सक्षम रहेको बताउनु भयो ।
नेपाली कांगे्रस जिल्ला सभापति मधु आचार्यले काभ्रेली जनताले विस्वास गरेर दिएको मतलाई कम्युनिष्टहरुले विस्वास घात गरेको बताउनु भयो । उहाँले थप्नुभयो जनताले अव राम्रोसंग विस्वास घातीलाई चिनेको छ । जनताको अप्ठेरोमा साथ सहयोग साथै विकास निर्माणको लागि जनताले मत जारी गरे तर कम्युनिष्ट सरकारले जनतामाथि कुठाराघात गरेको बताउनु भयो । जनताले अव राम्रोसंग कम्युनिष्टहरुलाई चिनिसकेकोले अवका दिनमा जनताले नेपाली कांगे्रसलाई साथ सहयोग गर्ने बताउनु भयो । त्यसैको कारण आज कम्युनिष्ट गडका युवाहरु कांगे्रसमा लामबद्ध भएको बताउनु भयो ।
पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलको सभापतित्वमा सम्पन्न भएको विरोध कार्यक्रममा नेपाली कांगे्रस जिल्ला उप—सभापति अचुुत पौडेल, महांदिवेशन प्रतीनिधि कुमार लामिछाने, महांसमिति सदस्य लिला नेपाल, महांदिवेशन प्रतीनिधि सावित्रि लामिछाने, पुर्व क्षेत्रिय सभापति शुन्दरमणि आयार्य, महांसमिति सदस्या कश्यप पौडेल, महांसमिति सदस्य दिल लामा, महांसमिति सदस्य हेम लामा, नेपाल महिलासंद्द काभ्रे अध्यक्ष शुभ लक्ष्मी मानन्धर, जिल्ला समिति सदस्य तस्विर लामा, जिल्ला समिति सदस्य मानबहादुर तमाङ, जिल्ला समिति सदस्य हरी दुलाल, प्रदेश सहसचिब बेला लामा लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तमाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाली कांगेसको विरोध कार्यक्रममा का.गे्रस आफैले पनि नसोचेको ढंगको उपस्थिति रहेको थियो । पाँचखाल तामाघटबाट सुरुभएको मोटरसाईकल र्याली प्रहरीचौकि पाँचखाल सम्म पुगेर फर्किएको थियो भने समाजकल्यांण चोकबाट सुरुभएको पैदल र्याली चौचि नजिकै पुगेर फर्किएको थियो । पाँचखालमा कांगे्रसको विरोध कार्यक्रम भईरहंदा कम्युनिष्टहरुको पनि कार्यक्रम स्थलमा राम्रै उपस्थिति रहेको थियो । कतिपएलेले विगतमा कम्युनिष्टलाई मत दिएकोमा पछुताउंदै गरेका थिए ।
प्रतिक्रिया दिनुहोस