२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पाकिस्तानी राजदुत र पाँचखालका मेयर विच भेटवार्ता, नगरलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी


३५१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १५, शनिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे, पाँचखाल । पाकिस्तानि राजदुत सयद हैडर शाह र पाँचखालका प्रमुख (मेयर) महेश खरेल बिच आज (शनिबार) पाँचखालमा भेटवार्ता भएको छ ।

    नेपाल पाकिस्तानी मैत्री तथा सांस्कृति संघले पाँचखाल वडा नं ४ मा रहेको गोल्मादेबि आधारभुत विद्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटनको क्रममा मेयर खरेल र राजदुत शाह विच भेटवार्ता भएको हो ।

    भेटवार्ताको क्रममा पाँचखालका प्रमुख खरेलले पाकिस्तान र नेपालको विगत लामो भाईचाराको संम्बन्धलाई थप मजबुत बनाउने बिषयमा पाँचखाल नगरपालिका निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरवासिको स्वास्थ्यको बिषयलाइ मध्यनजर राख्दै स्वास्थ्य शिबिर संञ्चालन गरेकोमा अत्यन्त खुसिभएको छु ।

    शिविरको उद्घाटन गर्दै राजदुत शाहले भन्नुभयो पाकिस्तान र नेपालविचको सुमधुर सम्बन्धलाई थप टेवा दिने कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहांले थप्नुभयो पाँचखालका मेयरले भने जस्तै पाकिस्तान र नेपाल विचको सम्बन्ध सुमधुर छ । पाँचखालको मनोरम दृस्य रहेको स्थानमा स्वास्थ्य शिविर संचालन गर्न पाउदा आफु अत्यन्त खुसि भएको राजदुत शाहले बताउनु भयो ।

    एक दिने निःशुल्क शिविरमा स्थानिय २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा हाड जोर्नी, स्त्रीरोग, वालरोग, नसारोग, जनरल स्वास्थ्य परिक्षण लगाएतको सेवा उपलब्ध गराएको शिविरमा सहभागि समाजसेवी धरसमान तमाङले जानकारी गराउनु भयो । परिक्षणमा कुनै जटिल रोग फेला नपरेको सामान्य समस्या भएकाहरुलाई आयोजकले निःशुल्क रुपमा औषधिहरु उपलब्ध गराएका थिए ।

    नेपालबाट पाकिस्तानमा मेडिकल शिक्षा अध्ययनको लागि छात्रबृत्तिमा परेका डाक्टरहरु शिविरमा सहभागि भएका थिए । शिविरमा बालरोग विषेसेग्य डा. रमेश मल्ल, हाडजोर्नी विषेसेग्य डा.पवन प्रधान, नशारोग बिषेसेग्य डा.भरत अमात्य लगाएतका ७ जना डाक्टरहरुको सहभागिता रहेको नेपाल मैत्रि तथा सांकृतिक संघका महांसचिव मञ्जुरत्न शाक्यले जानकारी गराउनु भयो ।

    नेपाल मैत्रि तथा सांकृतिक संघले १३ औं निःशुल्क शिविर पाँचखालमा आज संञ्चालन गरेको छ । मुलुकका विभिन्न स्थानमा शिविर संञ्चालन गर्दै आउने क्रममा काभ्रेलाई प्रथाथमिकता दिएको छ । काभ्रेमा प्रत्येकबर्ष दुई शिविर संञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । जुन स्थानमा शिविरको आयोजना हुन्छ सो स्थानमा सम्झनाको लागि प्राविधिक सामाग्री उपलब्ध गराउदै आएको र आजको शिविरमा विद्यालयलाई प्रोजेक्टर उपलब्ध गराएको छ । पाँचखालमा अत्यन्त सहज साथै सकारात्मक ढंगबाट शिविर सञ्चालन भएको खुसियालीमा नगरलाई एम्बुलेन्स उपलब्ध गराउने तयारी समेत गरेको जानकारी प्राप्त भएको छ ।

    शिविरमा आउनुभएका राजदुत लगाएतका पाहुनाहरुको स्वागतको लागि समाजसेवि धरसमान तामाङले आफ्नो व्यक्तिगत लगानिमा वेन बाजाको व्यवस्था गरेको थियो । विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले अतिथिहरुको स्वागतको लागि भव्य व्यवस्था गर्नुभएको थियो ।

    विद्यालयको हातामा राजदुत शाह र पाँचखालका प्रमुख महेस खरेलले संयुक्त रुपमा बृक्षा रोपन गर्नुभएको थियो । कार्यक्रममा सहभागि पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तमाङले स्वास्थ्य परिक्षणका लागि उपस्थित हुनुभएका हरुलाई भेट्दै स्वास्थ्य परिक्षणको क्रममा जटिल रोग देखा परि कुनै समस्या रहेमा आफुले सघाउने बताउनु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार