२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

नेपालको चार बेदलाई सगरमाथामा, नवप्रतिभाको झण्डा चुचुरोमा फहर्याउने


५७५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के मैनाली

    काभ्रे । नेपालीहरुले मान्दै आएको चर वेदलाई सगरमाथाको चुचुरोमा पुर्याईने भएको छ । बेदलाई सगरमाथाको चुचुरोमा पुर्याएर जिवन विज्ञानलाई आधार मान्दै योग गर्ने तयारीमा जुटेका छन् उद्धव थापा ।

    यहि चैत्र १६ गते नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहणको यात्रा तय गर्नुभएका उद्धब थापाले नेपालीले मान्दै आएको बिभिन्न बेदहरु साथै पाँचखाल नगरपालिका वडा नं ६ मा शैक्षिक गुठी अन्तर्गत सञ्चालन भएको नवप्रतिभा माध्यमिक विद्यालयको झण्डालाई समेत सगरमाथाको चुचुरोमा फहर्याउने तय भएको छ ।

    नवप्रतिभा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल उद्धव थापाले सगरमाथा आरोहणको यात्रा तय गरेपछि विद्यालयले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा संस्थापक प्रिन्सिपल थापाले भन्नुभयो “मैले शैक्षिक क्षेत्रमा प्रवेश गरेको पहिलो विद्यालयलाई गुरुको रुपमा मानेको छु, पाँचखालका स्थानियहरुले आफुलाई देखाएको सत्मार्गलाई कहिल्यै भुल्न सक्दिन ।” पाँचखाल र आसपासको क्षेत्रमा आधुनिक गुणस्तरिय शिक्षाको आवश्यक महसुस गर्दै २ महिना सम्म देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यालयको स्थापनाको स्मरण गर्दै नवप्रतिभा मावि साथै पाँचखालका शिक्षासेविहरुलाई भुल्नै नसक्ने बताउनु भयो । उहाँले थप्नुभयो विद्यालयको हितको खातिर आफु जाँहा जुन ठाउमा भएपनि सघाई रहने साथै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रल्हाद प्रसाद पराजुलीले प्रस्ताब गरेअनुसार विद्यालयको झण्डालाई सगरमाथाको चुचुरोमा फहर्याउने बताउनु भयो ।

    विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले संस्थापक प्रिन्सिपल थापाको यात्रालाई सफलताको शुभकामना व्यक्त गर्दै भन्नुभयो—शिक्षालेनै मानबलाई उत्कृष्ट गराउंछ भन्ने मान्यताका साथ अगाडी बढ्नु भएका पनौती नगरपालिका वडा नं २ कुसादेवि थापागाउं निवासि उद्धव थापाले आधुनिक शिक्षा, पौरानीक शिक्षा, विभिन्न धार्मिक ग्रन्थहरु साथै जिवन विज्ञान समेत अध्ययन गर्नु भएको छ । जिवन बिज्ञानलाई राम्रोसंग अध्ययन गरी व्यवहारमा उतार्नु भएका थापाले आफुले हासिल गरेको ज्ञानको आधारमा सगरमाथा आरोहण गर्ने अठोठ लिनुभएको बताउनु भयो । २०४४ सालमा पाँचखालमा आएर सानासाना बालबालिकालाई आधुनिक गुणस्तरीय शिक्षाको थालनि गर्नुभयो अव सगरमाथा पुगेर फर्किएपछि पाँचखालमा आएर जिवन बिज्ञानको ज्ञान दिन अनुरोध गर्नुभयो । प्रिन्सििपल न्यौपानेले थप्नुभयो—पाँचखाल र आसपासको क्षेत्रमा आधुनिक शिक्षाको लागि देखाएको मार्गलाई आफुले निरन्तर रुपमा अगाडी बढाउंदै आएको बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुदर्सण आचार्यको सभापतित्वमा सम्पन्न बधाई ,स्वागत तथा बिधाई कार्यक्रममा विद्यालयका पुर्व अध्यक्षहरु ईश्वरीराजकुमार मैनाली, प्रल्हाद पराजुली , रामहरी आचार्य, विद्यालयका पुर्व प्रिन्सिपल बैकुण्ठ न्यौपाने, समाजसेवि एवं विद्यालय स्थापनामा योगदान पुर्याउने द्वय नारायण प्रसाद ढुंगाना र रामशरण आचार्य, आजाद माविका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिना, आजाद माविका शिक्षक एवं नवप्रतिभा माविका पुर्व विद्यार्थी सरोज ढुंगाना, नेकपा एमालेका पाँचखाल नगर कमिटिका सचिब विष्णुहरी पौडेल लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयका पुर्व वि.व्य.स अध्यक्ष प्रल्हाल प्रसाद पराजुलीको पहलमा रोटरी क्लव र काठमाडौ विश्वविद्यालयको सहयोगमा थ्री.डि प्रिन्टिङ्ग मेसेन विद्यालयलाई उपलब्ध गराउने बताउनु भयो । त्यसैगरी पुर्व प्रिन्सिपल बैकुण्ठ न्यौपानेले नगरको मातहतमा रहेर प्राबिधिक शिक्षालाई प्राथमिकता दिदै पाँचखाल र आसपासको क्षेत्रमा दक्ष प्राबिधिकहरु उत्पादन गर्ने मार्गमा अगाडी बढ्ने समय भएको बताउनु भयो । कार्यक्रमको संञ्चालन विद्यालयका साहेक प्रिन्सिपल सागर जंग दनुवारले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार