२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मकरमेलाले पनौती नगरको पहिचान दिनेछ- नगर प्रमुख न्यौपाने


३८३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १८, बुधबार मा प्रकाशित ३ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    पनौती/प्रत्येक १२/१२ वर्षमा मनाइँदै आएको मकर मेलालाई सभ्य भव्य र चुस्त दुरुस्त ढंगबाट सम्पन्न गर्नका लागि आयोजित नगरस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले ऐतिहासिक मकर मेलाले पनौती नगरको पहिचान दिने बताउनुभएको छ ।

    उत्तरप्रयागको उपमाबाट परिचित धार्मिक नगरी पनौतीमा २०७८ माघ महिनाभर १२ वर्षे मकरमेलालाई स्मरणयोग्य बनाउने दायित्व नगरवासीको भएको बताउनुहुँदै यो मेलाले धार्मिक पर्यटनका लागि अझ बढी महत्व राख्नेछ, जसबाट समृद्ध नगर निर्माणका लागि अवसरको रुपमा लिनुपर्छ ।यो अवसरलाई पनौती नगरले चुकाउने छैन भन्नुहुँदै नगर प्रमुख न्यौपाने थप्नुहुन्छ– अतितमा के भए त्यता नजाऔं, वर्तमान र भविष्यका बारे सोचौं ।

    समृद्ध पनौती निर्माणको महत्वपूर्ण साधनको रुपमा यो पर्वलाई ग्रहण गर्न सक्यौं भने त्यो नै हाम्रो लागि अहोमूल्य हुन्छ । जुन उद्देश्यका लागि आज भेला आयोजना गरिएको छ । त्यसमा कुनै कुराको तलमाथि हुनेछैन । गुणस्तरीय काम नै यसको अन्तिम लक्ष्य हुनेछ । जसको विपक्षमा सम्झौता भन्ने हुन सक्दैन । कामको निश्चित समयसीमा तोकिनेछ । त्यसको अनुगमन नगरले गर्नेछ ।

    हेक्का रहोस्, पनौतीको पहिचानको लागि कहिँकतैबाट आँच आउने काम हुन दिने छैन । जो जसले नेतृत्व गरेर उपभोक्ता समितिको जिम्मेवारी लिनुभएको छ, उहाँहरुले यो नभुल्दा हुन्छ कि अन्य विकास निर्माणका क्रममा अपवाद रुपमा भएका ढिलासुस्तीको गन्ध पनि यो अभियानका लागि पाच्य हुनेछैन प्रमुख न्यौपानेले बताउनुभएको छ ।

    श्रद्धालुहरुको सहज स्नानको लागि त्रिवेणीघाट वरिपरि ३ वटा बेलीब्रिज र मानेश्वरीदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदल मार्ग, विश्राम स्थल लगायतका भौतिक संरचनाहरुको निर्माण दु्रत गतिमा अगाडि बढिरहेको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।

    मकरमेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि उक्त दिन झण्डै १ दर्जन उपभोक्ता समिति नगर प्रमुखको उपस्थितिमा गठन भएका छन् । ति समितिहरुले ९ महिनाभित्र त्रिवेणीघाट मात्र नभई सिंगो पनौतीलाई जग्गेमा राखेको दुलहीझैं सिंगार्नुपर्नेछ । पनौती प्रवेश गर्ने प्रत्येक नाकाहरुमा पनि त्यस्तै किसिमका स्वागत द्वारहरु निर्माण गर्नुपर्नेछ । उक्त मेलामा सहभागी श्रद्धालुहरु भक्तजनहरुले कुनै कुराको कमी महसुस गर्न नपरोस् भन्ने उद्देश्यका साथ भेलाद्वारा उपभोक्ता समिति गठन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले उक्त अवसरमा बताउनुभएको छ । भेलामा पनौती नगरपालिकाका वडा अध्यक्ष सहित नगरवासीहरुको उपस्थिति रहेको थियो ।

    सो प्रयोजनको लागि नगरस्तरबाट झण्डै ३ करोडभन्दा माथिको बजेट विनियोजन भएको पनौती नगरपालिका योजना शाखाले जनाएको छ ।
    जुन किसिमको सपना लिएर नगरपालिका मकरमेला सजाउन गइरहेको छ, त्यसले यथार्थमै पनौतीको पहिचान झल्काउनेमा दुई मत हुँदैन भन्ने धार्मिक व्यक्तित्वहरुको तर्क छ । मन्दिरै मन्दिरको शहरको रुपमा परिचित पनौतीको यथार्थ स्वरुप यस पटकको मकरमेलामा झल्कने सामाजिक व्यक्तित्वहरुले अड्कल समेत गरेको पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार