२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

खोलाको माछा खाँदा दुईको मृत्यु,वडा अध्यक्षलाई पत्नी शोक


३४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • १३ वैशाख, दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो ।

    दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

    यसैबीच दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीलाई पत्नी शोक परेको छ । उनकी श्रीमती युवा ओलीको आइतबार अपराह्न कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार नै कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार