२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


३६३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
    मन्त्रालयको तथ्यांकअनुसार जिल्लागत विवरण यस्तो छ-
    मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१,(तर जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले भने २३ जना संक्रमित भएको जनाएको छ) (काभ्रे भन्दा बाहिरि जिल्लामा काभ्रेलीले कोरोना परिक्षण गराउंदाको समेत संख्याले गर्दा काभ्रेले जारी गरेको विवरण र मन्त्रालयले जारी गरेकोमा फरक भएको जानकारी प्राप्त भएको छ । ) चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार