२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रेली हुमागाईले मेलम्चीका बाढिपिडितलाई सहयोग


३२५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मेलम्ची -नेपालीकांग्रेसका केन्द्रीय सदस्यएवम् ट्रेड युनियनविभागप्रमुखशिब प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमाभएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् ।

    मंगलबार बेलुकाआएको बाढीका कारण मेलम्चीतथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको छ । नाकुते भन्ने स्थानमापहिरो गइखोलाथुनिएर आएको भनिएको बाढिले मेलम्चीखोलाआसपासका बस्तीमा क्षति पुर्याएको छ ।

    क्षतिको विवरण बुझ्न मेलम्चीपुगेका केन्द्रीय सदस्यहुमागाईले विस्तापित परिवारका लागितत्कालको सहयोग भन्दै २ हजार के.जीचामल हस्तारण गरेका थिए । नेपालीकाग्रेस सिन्धुपाल्चोककाजिल्ला सभापतिविकास लामा, क्षेत्र नं २ का क्षेत्रीय सभापतिआइतसिंह तामाङ, तथा मेलम्चीनगर सभापतिमधुसुदनसिग्देल मार्फत चामल हस्तान्तरण गरेका हुन । विपत्तिमा परेकाहरुको संख्यायकिन गर्न र आवश्यकतापहिचानभए पछि अन्य सहयोगको लागिपनिआफू तयार रहेको हुमागाईले बताए ।

    नेपालीकाग्रेस मेलम्चीनगर समितिको तर्फबाट बाढि पिडितहरुका लागि राहततथाविपदव्यवस्थापन समितिनिर्माण गरि नगरपालिका सँग समन्वय गरेर राहतवितरणको कार्यलाई अगाडि बढाउने नगर सभापतिसिग्देलले बताए ।

    राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्यहुमागाई सँगै नेविसंघ केन्द्रयमहामन्त्रीबलदेव तिमल्सिनाजिल्ला कोषाध्यक्षपासाङ दोङ,नेपाली, जिल्ला सदस्य गणेश सिग्देल, राष्ट्रिय कलाकार अशोक धितालपत्रकार महासंघ काभ्रे शाखाकापूर्व सभापति नारायण सापकोटा, तरुण दल पनौतीकाअध्यक्ष महेश थापा,ट्रेड युनियन संघीय प्रतिनिधि रधुनाथहुमागाई लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार