२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

विद्युत प्राधिकरणको कारण अनलाईन कक्षाबाट बञ्चित


३८५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    विश्वमा फैलिएको महामारीका कारण शैक्षिक क्षेत्र पनि तहस नहस भएको छ । गुणस्तरीय शिक्षा हाशिल गरेर मुलुकको भविश्व निर्माणमा जुट्नुपर्ने युवाहरुले अध्ययन गर्न नपाउंदा समस्यामा परेका छन् ।
    कोरोनाको महाामारी फैलियसंगै सवैभन्दा बडी असर होटल व्यवसायी र शैक्षिक क्षेत्रमा परेको छ । शैक्षिक क्षेत्रलाई तहस नहस हुन नदिनको लागि सरकारले बिकल्पको रुपमा अनलाईन शिक्षालाई अगाडी बढाउने नीति लिएको छ ।
    सरकारले अनलाईन शिक्षाबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएपनि खासै सफल हुन सकेको छैन । प्रत्येक्ष ढंगबाट अध्यापन गराउँदा जति गुणस्तरीय शिक्षा हासिल हुन्थ्यो अनलाईन शिक्षाबाट गुणस्तरीय शिक्षा हासिल गर्न पाएका छैनन् विद्यार्थीले ।
    अनलाईन शिक्षाबाट गुणस्तरीय शिक्षा हासिल हुन नसक्नुको प्रमुख कारण भनेको पहिलो सवै विद्यार्थीहरुसंग अनलाईनबाट अध्ययन गर्नको लागि पहुच छैन (इन्टरनेटको सुबिधा) । दोस्रोत अघोषित ढंगको लोडसेडिङ्गको कारणले पनि अनलाईन शिक्षाको लागि पहुँच भएकाहरुलेपनि अध्ययन गर्न पाएका छैनन् ।


    हालको अनलाईन शिक्षा र विगतमा राणाकालिन समयमा प्रदान गर्ने शिक्षामा खासै भिन्नता नभएको तर्क शिक्षा विदहरुको रहेको छ । उहाँहरुको तर्क—राणा कालिन शिक्षा पहुँचवालाले मात्रै पाउंथे भने हालको अनलाईन शिक्षा पनि पहुँचलावाले मात्रै । गरिविको रेखुमुनि रहेका निमुखाले न राणा कालिन समयमा शिक्षा पाए न त हालको अनलाईन शिक्षा ।
    हाल सरकारले बैकल्पिक ढंगको शिक्षा दिनको लागि अनलाईन शिक्षालाई प्राथमिकता दिएको छ । जुन शिक्षा लिनको लागि आर्थिक रुपमा सम्पन्न बिद्यार्थीमात्रै पाउने देखिन्छ । जोसंग आर्थिक कमजोरी छ उस्ले इन्टरनेटको सुबिधा, गुणस्तरीय मोबाईल, अघोषित लोडसेडिङ्ग हुंदा व्याकपको व्यवस्था गर्न संभब छैन । जसका कारण अनलाईन शिक्षा सुगम स्थानमा बसोवास गर्ने सम्पन्न पहुँचमा मात्रै सिमित ।


    सुगम स्थानको रुपमा परिचित स्थानहरुमा पनि अघोषित लोडसेडिङ्गको कारण सामान्य परिवारले अनलाईन शिक्षा हासिल गर्न बञ्चित रहेका छन् । जस्को उदाहरण पाँचखाल र आसपासको क्षेत्रलाई पनि लिन सकिन्छ । जुन स्थानमा दैनिक १२ देखि १८ पटक सम्म वत्ति झ्याप झ्याप जाने गरेको छ । समयमा झाडी सुधार नहुनु र बाङ्गिएका पोल तथा लत्रिएका तारहरुको अवस्थालाई मध्यनजर नगर्दा समस्या आएको हो । बर्षातको सुरुवात हुनु अगाडी हुनुपर्ने मर्मत सुधारको बिषयमा चासो नराख्नाले समस्या आईरहैदापनि समबन्धित निकायको चासो छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार