नेपालको प्रधानमन्त्रीको रुपमा आज नेपाली कांगे्रसका सभापति शेयर वहादुर देउवाले पदभार ग्रहन गर्दै छन् । बिक्रम संबत २००३ साल जेठमा जन्मनु भएका देउवाको जीवन साथी आरजु राणा देउवा हुन् ।
देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुने देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।
नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति थिए्र काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्।
शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्।
राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम“को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा एक छोरा जयबीर देउवाका पिता हुन् र उनकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए।
डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रूपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा परिवार भनेर चिन्दछन। डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारको रूपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो। डोटी राज्यकालमा डडेल्धुराको “पश्यगर्खा क्षेत्र“ यिनैको अधिनमा थियो ।
चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो। जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन्। जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन्। प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३-३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो । यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन्।
शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टन हुँदै मेजरको रूपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन्। माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन्। निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत गीत धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन। देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या कुमाऊ क्षेत्रमा –२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५० मा फैलिएर रहेका छन् । कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन्। नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन।
एउटा विकट सिथानमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए। उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो। युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए। यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग वहाको लगन गाठो जोडियो।
देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस