२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सीडीओले अनुमति दिएमात्र विवाह, ब्रतबन्ध गर्न पाइने


४५४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ । बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

    ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ । यसरी उपस्थित हुने सबै खोप लगाएका हुनुपर्नेछ ।

    ‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ’, उपत्यकाका सीडीओले जारी गरेको आदेशमा भनिएको छ । शुक्रबार मध्यरातदेखि उपत्यकाका निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणालीसमेत लागू भएको छ । यो निर्णयसँगै अब जोर गते जोर र बिजोर गते बिजोर सवारी साधन मात्र गुड्न पाउने छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार