२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

माछा पोखरीमा हामफालेर आमाछोरीले गरे आत्महत्या (भिडियो सहित)


९०१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख २६, सोमबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    सर्लाही,बागमती । घरायसि विवादको कारण आमाछोरीले माछा पोखरी (भरत ताल) मा हामफालेर आत्महत्या गरेका छन् ।
    सर्लाही जिल्लाको वागमती नगरपालिका वडा नं १२ मा रहेको माछा पोखरी (भरत ताल) मा आईतबार चन्द्रनिगाहपुर वडा नं ४ घर भएका भोला शाहको श्रीमती बर्ष २५ को रेखा शाहले आफ्नी ३ बर्षीय छोरी आराध्य शाहलाई साथमा लिएर पोखरीमा हामफालेको प्रहरीले जनाएको छ ।

    घटनाको नाकारी पाउना साथ घटनास्थल पुग्नुभएका बरिष्ट सई दिपेन्द्र मल्लका अनुसार मृतक शाहले आफ्नो मोवाईलमा रेकर्ड गरी आफुले आत्महत्या गर्ने साथै आत्महत्या गर्नुको कारण घरायसी विवाद भएको उल्लेख गरेको छ ।

    १२० बिगाह मध्य २ बिगाहमा सडक अन्य संरचना र ११८ विगाह क्षेत्रमा निर्माण हुन लागेको ताल ६० विगाहमा १ बर्ष अगाडी निर्माण सम्पन्न भई ६ महिना अगाडीबाट अगाडीबाट स्थानिय तथा बाह्य पर्यटकको आगमन हुने कार्य भएको थियो । ताल निर्माणको कारण स्थानियहरुले रोजगारी पाउनाको साथै उक्त क्षेत्रमा पर्यटकहरुको आगमन समेत हुने गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार