काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालन भएको धुलिखेल अस्पतालले लापर्वाही गर्दा सर्वसाधारण सेवाग्रहीहरु मर्कामा परेका छन् ।
विगत केही बर्षदेखी बिभिन्न खाले विवादमा मुछिदै आएको अस्पतालले एक पछि अर्को कमजोरीहरु गर्दै आएको जिल्लावासीहरुको गुनासो रहेको छ । उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण विरामीहरुलाई वास्तै नगर्ने साथै स्वास्थ्यकर्मीहरुको दुव्र्यवहारले सेवाग्रहीहरु आजित भएका छन् ।
सम्पन्न परिवार साथै सोर्स फोर्सको आधारमा अस्पतालले राम्रो सेवा दिएपनि सर्वसाधारण सेवाग्रही मर्कामा पर्ने गरेका छन् । स्वास्थ्य विमाको जिम्मा लिएको धुलिखेल अस्पतालले विमाबाट उपचार गराउन जाने विरामीहरुले सामान्य उपचार गराउन हप्तौ कुर्नुपर्ने बाध्यता छ । झन्झटिलो प्रकृया साथै सिकारु स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न हुंदा थप समस्या हुनेगरेको सेवाग्रहीहरुको भनाई रहेको छ ।
आज (आईतबार) पनि त्यस्तै खाले घटनाले निकै चर्चा पाएको छ , काभ्रे पाँचखालका आदित्य कुमारको एक्कासि पेट दुखेर निकै पिडा भएपछि हतार हतार धुलिखेल अस्पताल पुर्याईयो । आदित्यलाई निकै समस्या भएपछि समाजसेवी दिलवहादुर श्रेष्ठले तत्काल अस्पतालमा पुर्याएर उपचारको लागि पहल गर्नुभयो । उपचारको क्रममा एक्से्र नगरी रोगको पहिचान हुन नसक्ने भन्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीले सल्लाह दिएपछि एक्से्रको लागि भुक्तानि गर्नजाँदा ३० दिनपछि मात्रै पालो आउने जानकारी पाएपछि समस्या खडा भयो ।
छटपटिई रहेका विरामीको ३० दिनपछि मात्रै रोगको पहिचान हुने भएपछि दिलबहादुर निकै आत्तिदै अन्य अस्पतालमा लाने तरखरमा लाग्नुभयो । विरामीलाई खतरा हुन सक्ने आसंङ्कामा श्रेष्ठलाई थप पिडा भयो—श्रेष्ठले भन्नुभयो । विरामीको रोगको पहिचान तत्काल गर्न नसके खतरा हुने भन्दै बनेपा नाला दोवाटो स्थित बनेपा अस्पतालमा तत्काल पुर्याएर रोगको पहिचान गरी उपचार गरियो ।
बनेपा अस्पतालको स्वस्थ्यकर्मीहरुको अत्यन्त राम्रो व्यवहार साथै तत्काल उपचारको थालनी गरी रोगको पहिचान भएकोले विरामी खतरा मुक्त भए । अस्पताल स्वस्थ्यसंग सम्बन्धित अत्यन्त शंवेदनसिल स्थान हो । त्यस्तो स्थानमा रहने स्वास्थ्यकर्मीहरुको व्यहार राम्रो नहुदा विरामीको अक्कालमा ज्यान जानपनि सक्छ, श्रेष्ठले बताउनु भयो ।
विरामीको उपचारमा संलग्न श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुको दुव्र्यवहारले गर्दा विरामीको उपचार हुनुभन्दा पनि थप विरामी हुने छन् । उहाँले थप्नुभयो—म विरामीको छिटो भन्दा छिटो उपचार गराउने कार्यमा दौडधुप गर्दै थिए,मलाई एक्कासी अस्पतालको बाहिरी भागमा भेटिएकी स्वाथ्यकर्मीले अपशब्द बोल्दै हिड्नुभयो म ना जवाफ भए ।
प्रतिक्रिया दिनुहोस