काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३, ४, ५ र ६ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १,४ र ५ मा एमाले र २, ३ र ६ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। अहिले वडा नम्बर ७ र ८ काे मतगणना जारी छ ।
प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले ४४२१ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले ३८२४ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३१ र राप्रपाकी हिरा बजगाइँले १५३ मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले ४८१० मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ३५४१ मत ल्याएकी छिन्। नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले १३१ मत पाएका छन् । मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ।
प्रतिक्रिया दिनुहोस