२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पाँचखालको मत गणना सम्पन्न, काँग्रेसले ८ वडा सहित मेयर निर्वाचित, एमाले ३ वडा सहित उपमेयर—विवरण सहित


४०१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको मत गणना कार्य सम्पन्न भएको छ । जसअनुसार नेपाली काँग्रेसले मेयर सहित ८ वटा वडामा बिजय प्राप्त गर्न सफल भएको छ भने नेकपा एमालेले उप मेयर सहित ३ वटा वडामा चित्त बुझाउनु परेको छ ।

    पाँचखाल नगरको सम्पन्न मत गणना अनुसार नेपाली काँग्रेस तर्फका मेयरका उम्मेदवार तथा नि—वर्तमान पाँचखालका मेयर महेश खरेलले १२८३६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । खरेलको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८११५ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी उपमेयरमा नेकपा एमाले तर्फका उम्मेदवार सुर्यमाया दनुवारले ९५३४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार चेत प्रसाद गौतम (मणि) ले ९०१० मत प्राप्त गर्नुभएको छ ।
    नगरमा रहेको वडाहरु मध्य वडा नं २,३,४,७,८,११,१२ र १३ गरी ८ वटा वडामा नेपाली काँगे्रसले जित्न सफल भएको छ भने नेकपा एमालेले ३ वटा वडामा जित हासिल गरेको छ जसमा वडा नं ५,९ र १० रहेको छ । नेकपा माओवादीले १ वडा र एकिकृत समाजवादीले १ वडामा निर्वाचित भएका छन् ।

    पाँचखाल वडा नं १ मा ५९४ मत सहित नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बाट जय बहादुर तामाङ अध्यक्ष पदमा विजयी । वडा नं २ मा ९६४ मत सहित नेपाली काँग्रेस बाट रामेश्वर दाहाल अध्यक्ष पदमा विजयी विजयी । वडा नं ३ मा ८०५ मत सहित काँग्रेस उम्मेदवार सुन्दर अधिकारी अध्यक्ष पदमा विजयी । वडा नं ४ मा ९१० मत सहित नेपाली काँग्रेस बाट सुन्दर तामाङ अध्यक्ष पदमा विजयी । वडा नं ५ मा ६१४ मत सहित नेपाल कम्युनिष्ट पार्टी एमाले बाट ६१४ मत सहित सिताराम ढुंगाना अध्यक्ष पदमा विजयी । वडा नं ६ मा १३८२ मत सहित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाट रामशरण दुलाल अध्यक्ष पदमा विजयी ।

    तेसैगरी वडा नं ७ मा ६९६ मत सहित नेपाली काँग्रेस बाट रामकृष्ण दंगाल अध्यक्ष पदमा विजयी । वडा नं ८ मा ११५८ मत सहित नेपाली काँग्रेस बाट संजय तामांङ अध्यक्ष पदमा विजयी । वडा नं ९ मा १०११ मत सहित एमाले उम्मेदवार रामकाजी श्रेष्ठ अध्यक्ष पदमा विजयी । नं १० मा ६५५ मत सहित एमाले उम्मेदवार नारायण प्रसाद सापकोटा अध्यक्ष पदमा विजयी । वडा नं ११ मा ९१६ मत सहित नेपाली काँग्रेस को उम्मेदवार हिरा काजी लामा अध्यक्ष पदमा विजयी । वडा नं १२ मा ११७७ मत सहित नेपाली काँग्रेस उम्मेदवार ज्ञान बहादुर दनुवार अध्यक्ष पदमा विजयी । वडा नं १३ मा ७०४ मत सहित काँग्रेस उम्मेदवार सुकु बिर तामाङ अध्यक्ष पदमा विजयी ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार