आइ.आर.के.मैनाली
काभ्रेपलाञ्चोक। पाँचखाल नगरमा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नगर प्रमुख महेश खरेलले पदभर ग्रहण गर्नुभएको छ ।
नगरप्रमुख खरेल आज (बुधबार) काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा शपथ गहण गरेपछि नगरपालिकामा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीहरुको लागि स्वास्थ्य विमाको व्यवस्था गर्दै नगरप्रमुख खरेलले पदभार ग्रहण गर्नुभएको हो । अपाङ्गता भएका व्यक्ति साथै उनिहरुको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको नगरका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी गराउनु भयो ।
पदभार ग्रहण गर्ने क्रममा प्रमुख खरेलले भन्नुभयो—म नगरवासिलाई भनेर सुनाउने भन्दा गरेर देखाउन चाहन्छु । मेरो पहिलो कार्यकालमा पनि भनेर सुनाउने भन्दा गरेर देखाय जस्को कारण पहिलो निर्वाचनमा ५ सयको अन्तरले निर्वाचित भएको थिए हाल आएर ५ हजारको अन्तरमा निर्वाचित भएको छु । पहिलो कार्यकालमा सुरुगरेको विकास निर्माण कार्यलाई पुर्ण गर्नु र वडा वडामा कालोपत्रे सडकको व्यवस्था साथै कृषकहरुको हितको लागि प्याकेजमा कार्यक्रमहरु ल्याउछौं ।
प्रतिक्रिया दिनुहोस