२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउ-बास्कोटा


४३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २५, बुधबार मा प्रकाशित २ साल अघि
  • २५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिएका छन् ।

    बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि विनियोजित वजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बास्कोटाले यस्तो सुझाव दिएका हुन् ।

    ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ । बरु दारु शिविर राखे हुन्छ । प्रष्ट छ कुरा’ उनले थपे, ‘के आखाँको घुम्ती शिविर ? स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो । कानको ? के को निम्ति हो ? मैले केही पनि बुझ्न सकेको छैन ।’

    अर्थ मन्त्रीले सरकारी कार्यालयका लागि सवारी खरिद नगर्ने घोषणा गरेको छर, सञ्चार मन्त्रालयको विनियोजित वजेटमा भने मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेको भन्दै उनले कुन चाहीँ झुट हो ? भनी प्रश्न गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार