आइ.आर.के.मैनाली
काभ्रेपलाञ्चोक/जापानीज दुतावासको सहयोगमा पाँचखालमा निर्माण सम्पन्न भएको कृषि तथा पशुपालन तालिम भवन एक कार्यक्रमका विचमा जापानीज राजदुतबाट लवग्रीन नेपाललाई मंगलबार हस्तान्तरण गरेको छ ।
जापानीज राजदुतावास नेपालको सहयोगमा पाँचखाल नगरपालिका वडा नं ६ बख्रेलडीहीमा निर्माण भएको उक्त तालिम भवन जापानीज राजदुत युताका किकुता वाट लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा लवग्रीन नेपाल नामक संस्था ३० बर्ष पुगेको अवसरमा प्रकाशित पुस्तक तीस बर्षको यात्रा नामक पुस्तक लोकार्पण भएको थियो ।
भवन हस्तान्तरण तथा पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि राजदुत युताका किकुताले पाँचखालका कृषकहरुको हितको लागि तालिम भवन निर्माण भएकोमा खुसि लागेको बताउनु भयो । उहाँले थप्नुभयो—पाँचखाल र आसपासको स्थान साथै मुलुकभर नै वातावरण मैत्रि कृषि सेवाको लागि सहज हुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि राजदुत किकुताले नवनिर्मित भवनबाट प्रदान गरिने तालिममा महिलाहरुलाई प्राथमिकता दिन सुझव दिनुभयो । नेपाली विद्यार्थीहरुलाई जापानमा गरिने कृषि पेसाको बारेमा जानकारी गराउंदै तालिममा सहभागि गराउनु पर्ने बताउनु भयो । पाँचखालका कृषकहरुको आयस्रोत बृद्दी साथै दक्ष कृषक वनाउनको लागि तालिम भवनले टेवा पुग्ने बताउनु भयो । नेपाल र जापानको संम्बन्ध अत्यन्त राम्रो छ आगामी दिनहरुमा थप सुमधुर बन्दै जाने ठोकुवा गर्नुभयो ।
लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी सदस्य सिवकुमार बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जाईकाम नेपालका प्रमुख यकिमिट्सु ओकुव (ब्पष्mष्तकग यपगदय)ले कृषककको हितको लागि कार्य गर्दै आएको लवग्रीन नेपाmसंग सहकार्य गर्दै जाने बताउनु भयो । पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँच्खाल नगरमा लवग्रीन नेपालले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
प्यारो हरियो नेपाल नामक संस्था २०४८ साल माघ १ गते जिल्लाप्रशासन कार्यालय, काठमाण्डौंमा दर्ता भई गैर सरकारी संस्थाको रूपमा अगाडी बढेको हो । “हाम्रो पृथ्वीलाई हरियो बनाऔं, ीभतुक न्चभभल इगच भ्बचतज”भन्ने मूलनाराका लिएर अगाडी बढेको संस्थाको मुख्यकार्य क्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भएपनि काठमाण्डौं, भक्तपुर, ललितपुर सिन्धुपाल्चोक, मकवानपुर, सिरहा, कपिलवस्तु र डडेलधुरा सेवाहरु दिदै आएको छ ।
२०४९ सालमा काठमाण्डौंको साँखुमा वृक्षारोपणको कार्य गरी सुरुवात गरेको संस्थाले २०५० सालदेखि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकामा हरियाली विस्तारको कार्य शुभारम्भ गरेको थियो । सो समयमा पाँच गाविस अनैंकोट, रवि ओपी, पाँचखाल, बालुवा र पात्लेखेतलाई मुख्यकार्य क्षेत्र बनाएर अनवरत रुपमा वृक्षारोपणको काम गरेको थियो ।
विशेष गरी पाँचखाल उपत्यकालाई दिगो कृषिमा रुपान्तरण गर्न संस्थाले विगत देखिनै कृषकहरूलाई प्राँगारिक कृषि तालिम, एकीकृत शत्रु जीवव्यवस्थापन प्रणाली र व्यवसायिक कृषि खेती प्रणालीहरुमा सहयोग गर्दै आएको थियो । संस्थाले २५ वर्ष अगाडी पाँचखाल नगरपालिका वडा नं. ६, बख्रेल्डीहीमा ३० जना अट्ने सामान्य तालिम भवन निर्माण गरी विभिन्न तालिमहरु संचालन गर्दै आएको थियो । विगत केहीवर्ष देखि स्थानीय, छिमेकी पालिकाहरू र अन्य जिल्लाहरूबाट समेत कृषि, पशुपालन तथा विभिन्न क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरूको माग हुँदै आएकोले संस्थाले सुविधा सम्पन्न तालिम भवन निर्माणका लागि जापान ीदुतावास नेपाललाई अनुरोध गरेको थियो ।
सोही अनुसार १ करोड ६९ लाख बराबर लागत अनुमान भएकोमा जापानी दुतावास नेपालले ९४ लाख ७३ हजार १७ प्राप्त भएको र संस्थाले आफ्नो स्रोतबाट ५२ लाख ९ हजार १२९ लगानी गरी कुलजम्मा १ करोड ४६ लाख ८२ हजार १४६ लागतमा सन् २०२१ को फेब्रुअरी महिनामा निर्माण सम्पन्न गरेको थियो । कोभिड–१९ कारणले भवन हस्तान्तरण गर्न नसकिएको भएपनि दुतावासको अनुमतिलिई तालिम तथा अन्यकार्यक्रमहरु संचालन गरिएको थियो ।
नवनिर्मित भवनमा सभा कक्ष १, तालिम कक्ष २, सयन कक्ष ४, ल्याबोरेटरी कक्ष १, भान्छा १ र डाईनिङ्ग कक्ष १ रहेका छन् । विगत १५ महिनाको अवधिमा ४६१ जना महिला र २४१ पुरुष गरी जम्मा ७०२ जनाले कृषि, पशुपालनर कम्प्युटर सम्बन्धी तालिम लिई सकेका छन् । तालिम केन्द्रमा संस्थाले जापानीज भाषाकक्षा, कृषि र पशुपालन , कम्प्यूटर तालिमहरुलाई अझै परिष्कृत गरी संचालनगर्ने लक्ष्यलिएको छ । यसबाट स्थानीययुवाहरु र कृषकहरु लाभान्वित हुन मद्दत पुग्ने भएको छ ।
वि.सं.२०४८ साल माघ १ गते स्थापना भएको संस्थाले २०७८ साल माघ १ गते संस्थाले ३० औं वर्ष पार गरेको छ । यो संस्था“जनतामाजाउ, जनतासँग बस र जनतासँगसिक, जनताका मूल आवश्यकतामा जोड देउ, क्षणिक हैन दिगो काम गर” भन्ने दर्शनवाट अघि बढेको हो । कार्यक्रम र बजेट खर्चका दृष्टिकोणले संस्थाले विगत ३० वर्षमा संचालित सानो देखिएपनि निरन्तर जनसहभागिता मूलक काम गरेमा सानो रकमले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत् गर्न सफल भएको छ लवग्रीन ।
संस्थाले ३० औं वर्ष पार गर्दा सम्पन्न गरेका क्रियाकलापहरु लाई लिपीवद्ध गरी अभिलेखीकरण गरी सरोकारवा लालगायत सबैलाई पुनःजानकारी गराउन “तीनदशकको यात्रा” नामक पुस्तक सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस