२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्थानिय तहको निर्वाचन सम्पन्नसंगै संघियको चटारो, निर्वाचनमा वैसाखी नटेकी नहुने सत्तापक्षको ठम्याई


४१९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ८, बुधबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रेपलाञ्चोक/मुलुकमा संघियता लागु भएपछिको दोस्रो स्थानिय तह र जिससको निर्वाचन सम्पन्न भएसंगै संघिय निर्वाचनको चटारो बढेको छ । सत्ता गठबन्धन पक्षलाई भागबण्डा मिलाउन धौधौ भइरहेको अवस्थामा नेकपा एमालेले भने लगभग उम्मेदवारको तय गरिसकेको छ ।

    आगामी मंसिर महिनामा हुने संघिय निर्वाचनको लागि दलहरुले आ—आफ्नो ढंगबाट तयारी गर्दैछन् । स्थानिय तहको निर्वाचनमा सत्तापक्षहरुको गठबन्धन गरी निर्वाचन सम्पन्न गराउंदै गर्दा गठबन्धन पक्षले राम्रो नतिजा ल्याउन सफल भएपनि मतको आधारमा नेकपा एमालेनै वलियो देखिएको छ । संघिय निर्वाचनको लागि तयारीको अन्तिम चरणमा एमाले पुगेको छ भने सत्तापक्षहरु गठबन्धनको तयारीमा जुटे पनि सहमती जुटाउन निकै कठिन भएको छ ।

    स्थानिय तहमा प्राप्त गरेको मतलाई आधार मान्दै संघिय निर्वाचनमा समेत गठबन्धन नगरे नतिजा राम्रो नआउने सत्तापक्षको ठम्याई रहेको छ । गठबन्धन गर्दै वैसाखीकै भरमा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँगे्रस, तेस्रो पार्टी हुन सफल नेकपा माओवादी (केन्द्र) र स्थानिय तहमा आफ्नो उपस्थिति जनाउन सफल नेकपा एकिकृत समाजवादी समेतले संघिय निर्वाचनमा गठबन्धनको विकल्प नरहेको भन्दै मसिनो ढंगबाट छलफलमा जुटेका छन् ।

    नेकपा एमालेले आन्तरिक रुपमा उम्मेदवारहरु तय गर्ने कार्य हुदै गर्दा सत्तापक्षय भागबण्डामै रुमलिएका छन् । गठबन्धन पक्षले आ—आफ्नै अडान कायमै राख्ने हो भने संभवत गठबन्धन तुहिननी सक्छ । नेपाली काँगे्रसले आफ्नो संगठन मजवुत भएको भन्दै धेरै स्थान आफुलाई चाहिने अडान कायमै छ भने अन्य दलहरुले भने काँगे्रस लचिलो नबने नेकपा एमालेसंग मिलेर अगिबढ्ने शंकेत गरेका छन् ।

    ०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी गठबन्धन गर्दै (पार्टी एकिकरण गर्ने सम्मको शंदेस फैलाउंदै) निर्वाचनमा होमिदै गर्दापनि नेपाली काँगे्रस दोस्रो दल हुन सफल भएको थियो । त्यसैलाई आधार मान्दै काँगे्रसले अन्य दलहरुलाई चिर्कटो मात्रै फाल्न खोजेको छ । तर अन्य सत्तापक्षीय दलहरु भने गठबन्धन जुनसुकै हालतमा हुनैपर्ने अडानमा छन् ।
    काभ्रे जिल्लाको संदर्भमा ०७४ को निर्वाचनमा एमाले र माओवादी (केन्द्र) मिलेर काँगे्रसको पत्तासाप गर्दै वाम किल्ला बनाउन सफल भएका थिए ।

    जुन समएमा संघिय तर्फ क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले काँगे्रसका उम्मेदवार मधु आचार्यलाई पछि पार्दै ठुलो मतान्तरको आधारमा निर्वाचित भएका थिए भने क्षेत्र नं १ बाट नेकपा माओवादीका उम्मेदवार गंगाबहादुर दोङले नेपाली काँगे्रसका उम्मेदवार तिर्थ लामालाई पछि पार्दै निर्वाचित भएका थिए । दोङ झिनो मतान्तरमा निर्वाचित भएका थिए भने गोकुल अत्याधिक मतले निर्वाचित भएका थिए । त्यतिखेरको निर्वाचन परिणामलाई नियाल्दा एमाले माओवादीको गठबन्धन नभएको भए गंगावहादुर दोङ निर्वाचित नहुने तर गोकुल गठबन्धन नभएकै भएपनि निर्वाचित हुने देखियो ।

    त्सैगरी प्रदेश तर्फपनि नेकपा एमालेका तीन जना उम्मेदवार निर्वाचित भएका थिए भने माओवादी केन्द्रबाट एक निर्वाचित भएका थिए । तर एमालेको तर्फबाट निर्वाचित तीन मध्य बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल नेकपा एकीकृत समावादी तर्फ लागेका छन् । स्थानिय तहको निर्वाचनमा जस्तै सत्तापक्षिय विच गठबन्धन भएमा नेकपा एस ले प्रदेश तर्फ एक क्षेत्रमा चित्त बुझाउनु पर्ने देखिन्छ जसमा बसुन्धरा हुमागाईको पल्ला भारी रहेको छ । त्यसैगरी प्रदेश तर्फ माओवादीले सहजै ढंगबाट एक क्षेत्र पाएपनि संघिय तर्फभने निकै कसरत गर्नुपर्ने भएको छ ।

    संघको लागि नेपाली काँगे्रसका जिल्ला सभापति तिर्थलामाले क्षेत्र नं १ छाड्ने अवस्था छैन । तर नेकपा माओवादीले पनि ०७४ को निर्वाचनमा जितेको नाताले सो क्षेत्र आफुहरुलाई चाहिने भन्दै दावि गरिरहेका छन् । एमालेको तर्फबाट रेशम लामाको चर्चा चलेको छ । काभ्रे क्षेत्र नं २ मा नेपाली काँगे्रसले नि—बर्तमान जिल्ला सभापति मधु आचार्य,पुर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमागाई र पुर्व उद्योग राज्यमन्त्री कञ्चन चन्द्र वादेको नाम चर्चामा रहेको छ । तर मधु आचार्यको श्रीमति कमला राष्ट्रिय सभा सदस्यमा रहेकोले श्रीमान श्रीमति दुवैलाई अवसर नआउन सक्ने संभावना रहेको छ । तर नेकपा एसले काभे्र क्षेत्र नं २ मा दावि अडान राखेको छ । नेकपा एसबाट कृष्ण प्रसाद सापकोटालाई अगाडी वढाउने तयारी गरेका छन् ।

    आगामी निर्वाचनमा काभे्र जिल्ला चौतर्फी ढंगबाट निकै चासोको जिल्ला हुने देखिन्छ । जिल्लामा रहेका चर्चीत नेतहरु तिर्थ लामा, गंगावहादुर दोङ, शुर्यमान दोङ, गणेश लामा, शिव प्रसाद हुमागाई, मधु प्रसाद आचार्य,कञ्चन चन्द्र वादे, गोकुल बाँस्कोटा, चन्द्र लामा र नेकपा एमाले छाड्दै नेकपा एस पार्टीमा सहभागी भएका बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल लगाएतका नेताहरुलाई कसरी कुन कुन क्षेत्रमा सहभागी गराउंछन् भन्ने निकौ चासोको बिषय बनेको छ जिल्ला वासिको लागि ।

    त्यसैगरी नेकपा एमालेको तर्फवाट पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले टिकट पाउने सुनिश्चित रहेको छ । पार्टीमा राम्रो प्रभाव भएका बाँस्कोटाले टिकट पाउंदा क्षेत्रको मात्रै नभई जिल्लाकै बिकासको लागि सहज हुने जिल्ला वासिहरुको तर्क रहेको छ । बाँस्कोटाले जित्दा पार्टीमा प्रभाव भएको नाताले विकास निर्माणको लागि सहज हुने भएकोले व्यक्तिगत ढंगको मत पाउंने जिल्ला वासिको भनाई रहेको छ ।

    गठबन्धन तर्फले भागबण्डा मिलाउने कसरत गर्दा गर्दै लामो समय लाग्ने भएकोले समयमै निर्वाचन क्षेत्रमा जनताहरुलाई भेट्न नपाउने र नेकपा एमालेले भने समयबाटै आ—आफ्नो निर्वाचन क्षेत्रका जनताहरुसंग भेटघाट गर्दै मतमाग्ने तयारीमा जुट्न पाउने हुंदा एमालेको लागि सहज हुने देखिन्छ । सहमतिको नाउमा समय खेर फाल्दा गठबन्धन पक्षधरहरुले अन्तिम अवस्थामा मात्रै निर्वाचन क्षेत्रमा जानुपर्ने अवस्था हुंदा समएको अभावले जनतासंग भेटघाट गर्न कठिन हुने संभावना रहेको छ ।

    दलहरुले टिकट कस्लाई देलान भन्ने चासोका साथै जिल्लाको बिकास निर्माणमा टेवा पुर्याउन सक्ने खालको नेताको खोजिमा रहेका छन् काभ्रेली जनताहरु । काभ्रेमा शैलेन्द्र कुमार उपाध्याय,केसव वडाल,राजेन्द्र खरेल र पछिल्लो समयमा गोकुल बाँस्कोट मन्त्री बन्न सफल भएका थिए । शैलेन्द्र कुमारले विकास निर्माणमा खासै फड्को मार्न नसकेको धुलिखेललाई मात्रै सहयोग गरेको काभ्रेलीको गुनासो हुदै गर्दा वडालबाट केही आशा गरेपनि खासै उपलब्धी हुन सकेन । राजेन्द्र खरेलले शिक्षा क्षेत्रमा राम्रै प्रभाव पार्न सफल भएपनि निर्वाचनको समयमा बोलेको कोशिपारी जाने सडक निर्माण, तिनपिप्ले बोहोरेदोभान सडक, पलाञ्चोक तिमालवेसी सडक निर्माण गर्न नसकेको जनगुनासो थियो । पछिल्लो समयमा काभ्रेले पाएको मन्त्रि गोकुल बाँस्कोटाले जिल्लाको बिकास निर्माणको लागि राम्रो उपलब्धी हासिल गर्दै गर्दाको अवस्थामा कमिसनको प्रयासको अभियोग लागेपछि राजिनामा दिएको थियो ।

    विगतमा काभे्र जिल्लाले पाएको राज्यमन्त्रीहरु सत्यमान तामाङ, गोबिन्द नाथ उप्रेती, शुर्यमान दोङ, कञ्चन चन्द्र वादे र प्रदेश मनित्र चन्द्र लामा र बशुन्धरा हुमागाई लगाएतले के—कस्ता विकास निर्माणको कार्य गरे भन्ने अध्ययन गर्दै जिल्लामा दिर्घकालिन ढंगको विकास निर्माण कार्य गर्ने क्षमतावान केन्द्रिय राजनीतिमा समेत पहुंच भएका उम्मेदवारको पर्खाईमा रहेका छन् काभे्र विकास प्रेमी जनताहरु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार