काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको आज (शुक्रबार) सम्पन्न ११ औ नगरसभा बाट आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख सुर्यमाया दनुवारले १ अर्व २९ करोड ९६ लाख ७६ हजारको वजेट सार्वजनिक गरिएको छ । जसमध्य नगरमा रहेका वडाहरुलाई ३० लाख सिलिङ तोकिएको छ । त्यसैगरी प्रशानिक खर्च १६ करोड, विपद व्यवस्थापन कोष ५० लाख, नगरस्तरीय आकस्मिक योजना २ करोड, प्रदेश समपुरक योजना ३ करोड, अन्य समपुरक म्याचिङ्ग फण्ड ५ करोड, संघिय समपुरक योजना २ करोड, कोरोना तथा अन्य रोग रोकथाम नियन्त्रण कार्य ५० लाख, नगर स्तरिय योजना तथा कार्यक्रम ३८ करोड १८ लाख ७९ हजार, वडा स्तरीय योजना तथा कार्यक्रम (सिलिङ्ग) ३ करोड ९० लाख, बिषयगत तथा क्षेत्रगत ५ करोड बजेट निर्धारण गरिएको छ ।
त्यसैगरी बजेटको लागि स्रोत तर्फ नेपाल सरकारबाट शसर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार बिशेष अनुदान पुंजिगत बाट ६० लाख, नेपाल सरकार समपुरक अनुदान पुंजिगत २ करोड, प्रदेश सरकार शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार समपुरक अनुदान २ करोड ९९ लाख ५९ हजार, प्रदेश सरकार बिशेष अनुदान ७५ लाख, सडक बोड ७० लाख, सामाजिक सुरक्षा १७ करोड रहेको छ । त्यसैगरी नेपाल सरकार राजश्व बाँडफाँड १० करोड २४ लाख, नेपाल सरकार समानीकरण अनुदान १४ करोड २० लाख, प्रदेश सरकार समानीकरण अनुदान १ करोड ३४ लाख ८४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ९ करोड २९ लाख ९५ हजार, नगरपालिकाबाट अ.ल्या १ करोड ५० लाख, आन्तरिक स्रोत ५ करोड, नगरको विविध स्रोत ३५ करोड रहेको छ ।
गत बर्षको बजेटमा नगरको आन्तरिक स्रोत तर्फ ५ करोड १ लाख अनुमान गरिएकोमा ३ करोड ५८ लाख ६९ हजार १४५ मात्रै प्राप्ति भएको छ । यस बर्ष (०७९–८०) को लागि आन्तरिक स्रोत तर्फ ५ करोड र विविध आम्दानि ३५ करोड समेत गरी ४० करोड आन्तरिक आम्दानिको लक्ष लिईएको छ । विगत बर्षलाई हेर्दा आन्तरिक आमदानी ३ करोड ५८ लाख ६९ हजार १४५ मात्रै रहेको छ । जसले गर्दा यो बर्ष ३६ करोड ४१ लाख ३० हजार ८५५ बजेट अपुग देखिन्छ । बिकास निर्माण कार्यहरुमा उपभोक्ता समिति मार्फत कार्य नगरी टेण्डरको माध्यमबाट अगाडी वढाउंदा र प्रशासनिक तर्फको खर्चबाट केही बचत गर्नसक्दा साथै कुनै योजनाको कार्य सम्पन्न हुन नसकेमा समेत गरी ७ देखि १० करोड परिपुर्ती भएपनि करिब २६ करोड रकम अपुग हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस