२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

 सुविधाको गाडी बेचेर सडकको खाल्टा पुर्ने रोलर खरिद गर्दै पालिका प्रमुख 


४८६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारी सुविधामा पाएको  गाडी नचढ्ने घोषणा गरेका छन्। यसअघि उपमहानगरपालिकाका मेयरले प्रयोग गर्दै आएको गाडी प्रयोग नगर्ने बरु त्यसलाई बेचेर रोलर किन्ने घोषणा गरेका हुन् ।

    मेयरका लागि भनेर किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।साम्पाङले मेयरलाई चढ्न भनेर किनेको स्कर्पियो गाडी बेच्ने तयारी समेत गरेका छन् । उनले गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । ’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार