काभ्रेपलाञ्चोक : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर तीनको मृत्यु भएको छ ।
चलालगणेशथान स्थित गणेशस्थान ढुंगाखानीबाट झरेको पहिरोमा परेर स्थानीय ४४ वर्षीय निर बहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको र पहिरोमा पुरिएर गम्भिर घाइते भएकी ६५ वर्षीय ठूलीमाया तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ३ः३० बजे ढुंगाखानीबाट झरेको पहिरोले निर बहादुर तामाङको तीन तल्ले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ ।
पहिरोले पुरिएका उनीहरुको नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीले उद्धार गरेको थियो । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस