काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानी स्थित सडकमा जाली लगाउने कामदारहरू जाली लगाउदै गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एकको मृत्यु दुई घाईते भएका छन् ।
मजदुरको सडकमा काम गरी रहँदा मालिबाट आएको पहिरोले तीन जनालाई पुरेको थियो । घटना घटे लगतै ई.प्र.का. भगवतीस्थान खटिएको प्रहरी टोली र स्थानीय पहलमा घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो ।
उपचारको क्रममा जिल्ला सोलुखुम्बु नेचा सल्यान गा.पा. वडा नं. २ घर भई हाल काभ्रेपलाञ्चोक पाचँखाल न.पा. ८ चिसापानी बस्ने बर्स .२३ को कुशल नेपाली (सुन्दाश) मृत्यु भएको थियो ।
त्यसैगरी जिल्ला ओखलढुङ्गा मानेभञ्याङमा गा.पा ३ घर भई हाल पाचँखाल न.पा ८ चिसापानी बस्ने भरत राईको श्रीमती वर्ष २३ की सन्जिता राई र उनको छोरा वर्ष ४ को सविक राई घाईते रहेकोले उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ । घाइतेहरू चिन्ता जनक अवस्थामा नरहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस