२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

गुठीको नाउमा पुर्जा भएको जग्गा काभ्रे मालपोतबाट व्यक्तिकोमा कायम‚ न्याय माग्न सम्बन्धित निकायमा पुगे गुठी संरक्षण समिति


३४७११ पाठक संख्या
  • २०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ कुन्ताबेसी चोकको गुठीको नाउमा जग्गा धनी प्रमाण पुर्जा रहेको जग्गा व्यक्तिको नाउमा जग्गाधनी प्रमाण पुर्जा बनाएर किनबेच भएको छ ।

    बटुवाहरूको वास बस्ने व्यवस्थाको लागि पाटी निर्माण गर्ने र बाटोमा आवत जावत गर्नेहरूका लागि पिउने पानीको प्रबन्ध मिलाउन स्थानीय सापकोटा परिवारहरूको तफर्बाट ४ रोपनी ५ आना १ पैसा जग्गाको व्यवस्था भएको अभिलेख देखिन्छ । स्थानीय सापकोटा परिवारका अनुसार विसं १९८५ मा सो व्यवस्था गरेको बनाइएता पनि विसं १९९५ साल देखी नियमित रुपमा ( प्रत्तेक बर्ष ) गुठीको नामबाट बाषिर्क १ मुरी मकै कुद तिरेको भर्पाईबाट प्रष्टिएको छ ।

    सापकोटा परिवारको सल्लाह अनुसार सोवर्ण माया सापकोटाले उक्त जग्गादिने निर्णय गर्दै जग्गा दाताकै नामबाट ( सोवर्ण पाटी गुठी ) नामाकरण गर्दै स्थानीय हेलमान श्रेष्ठलाई पाटी बनाउने र पाटीमा बसेर पानी खुवाउने कार्यको जिम्मा लगाइएको जानकारी प्राप्त भएको छ । विसं १९९५ देखि गाउँपञ्चायत लाई तिरो तिर्दा समेत गुठीकै नाउबाट तिर्दै आएको र २०३१ सालमा नापी हुँदा सोवर्ण पाटी गुठीको नाउमा जग्गा दर्ता भएको थियो । नापीमा फिल्डबुकमा उल्लेख भएअनुसार मोहीको महलमा हेलमानको छोरा गोपिलाल श्रेष्ठ उल्लेख भएको छ । सोही आधारमा २०३५ सालमा जग्गाधनी प्रमाण पुर्जा बन्दा सोवर्ण पाटी गुठीको नाउमा पुर्जा बन्यो र मोहीको महलमा गोपिलालको नाम उल्लेख भयो ।

    हेलमानले सापकोटा परिवारसँग भएको सम्झौता अनुसार पाटीको व्यवस्था र बटुवाहरूलाई पानी खुवाउने काम निरन्तर रुपमा हुँदै आयो । हेलमानको मृत्यु पछि उनका छोरा गोपिलाल श्रेष्ठले पनि पिताजीले गर्दै आएको कार्यलाई निरन्तरता दिदै आए । गोपिलालको निधन पश्चात उनको श्रीमती खमाया श्रेष्ठले पनि पतिले गर्दै आएको कामलाई निरन्तरता दिदै आए । गोपिलालको निधन भएपछि ०४५ सालमा गोपिलालको नाउमा भएको अचल शम्पति ( जग्गा जमिन ) नामसारी गर्ने क्रममा उल्लेखित गुठीको जग्गा समेत खमायाको नाउमा जग्गा धनी पुर्जा बनाइयो ।

    गोपिलालको मृत्युपछि खमायाँको नाउमा मोही नामसारी हुन सक्थ्यो तर उनको नाउमा पुर्जा बन्यो । खमायाको नाउमा पुर्जा बन्ने कुनै कानुनी आधार त छैन तर सायद हातहातै नगदानगदी लाई आधार मानेर पुर्जा बनाइयो होला । सम्बन्धित गाविसले सिफारिसको सिफारिस ‚ ०४५ सालमा व्यक्तको नाउमा पुर्जा बनेपछि खरिद बिक्री गर्दै गर्दा घरबाटो सिफारिस कसरी दिइयो ? मालपोत काभ्रेको विवरणमा गुठीको नाउमा जग्गा धनी पुर्जा भएकै अवस्थामा कुन आधारमा खमायाको नाउमा पुर्जा बनाइयो भन्ने विषयले मण्डन देउपुरमा मात्रै नभएर जिल्ला भरीनै चर्चा चलेको छ ।

    कर्मचारीले चाहेको अवस्थामा कुनै पनि जग्गा सुरक्षित नहुने देखिएको छ सोवर्ण गुठीको जग्गाको अवस्था हेर्दा । सोवर्ण गुठीको जग्गा खमायाको नाउमा पुर्जा बनाउन सक्नेले अन्य कोही व्यक्ति वा नेपाल सरकारको जग्गा पनि दिन सक्ने रहेछन् ! जनताको चासोको विषय बनेको छ । कानुन विपरित कार्य गर्नेहरूलाई कारवाही नहुने हो भने आपराधिक कार्य गर्नेहरूको मनोबल उच्च हुनु नौलो हैन । त्यसैले गुठीको जग्गा संरक्षण गर्न साथै दोषीलाई कारवाहीको माग गर्दै कानुनी मार्ग पहिल्याएका छन् गुठी संरक्षण समिति ।

    जग्गा कमाए बापत मोही लाग्ने र मोही बापत आधा जग्गा पाउने नौलो हैन । तर जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकको अभिलेखमा आर्थिक वर्ष २०४४/०४५ दर्ता नं. ५२२ मा २०४५ साल जेठ १७ गते मोहीको नाउमा पुरै जग्गाको जग्गा धनी पुर्जा बन्यो । तर सो विषय गहिरिएन । २०८० मा आएर गुठी अन्तरगतको पाटीमा व्यक्तिले भोगचलन गर्न सुरु गरेपछि कुरा बाहिरियो । तव गुठीको अस्तित्व नै समाप्त भएको भन्दै सोवर्ण पाटी गुठी संरक्षण समिति गठन गरी जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको छ ।

    मण्डनदेउपुर नगरपालिका‚ वडा नं. ७ को २०८० साल चैत्र १८ गते प्रमुख जिल्ला अधिकारीको कार्यालय च.नं. ७०३ को पत्रमा मण्डनदेउपुर नगरपालिका वडा नं. ७ मा पर्ने  कि.नं. ३९३‚ ३९४ र ४०० क्रमश: क्षेत्रफल २–३–१–२‚ ०–९–२–१ र १–२–०–३ सोवर्ण पाटी गुठीको जग्गा हाल व्यक्तिको नाउमा भएको भनी खुल्न आएको हुँदा नियमअनुसार सोवर्ण गुठीको जग्गा गुठी कायम गर्न भनी मण्डनदेउपुर वडा नं. ७ ले प्रमुख जिल्ला अधिकारी काभ्रेलाई पत्र पठाई बोधार्थमा मालपोत कार्यालय धुलिखेल र सरकारी वकिलको कार्यालयलाई उल्लेख गरेको छ ।

    गुठी संरक्षण समितिका उपाध्यक्ष भरत सापकोटाकाले भन्नुभयो —हामी सापकोटा परिवारले बाटोमा हिड्ने बटुवाहरूका लागि पानी पिउने साथै अप्ठेरै परेका लाई बास बस्ने व्यवस्थाको लागि गुठीको लागि जग्गाको व्यवस्था गरियो । हाम्रो पुर्खाले सोचअनुसार पानी र वास बस्ने व्यवस्थाको लागि पाटी बन्यो । हामी साना हुँदा सो पाटीमा पानी खाने गरेका थियौं ‚ पछिल्लो समयमा घरघरमा पानीको व्यवस्था भयो त्यस भन्दा पछि विस्तार सो पाटीमा पानी खानेको संख्या कम भएकोले पानी राख्न छाडियो । ०७२ को भुकम्पले पाटी भक्तिको त्यतिकै थियो पछिल्लो समयमा सो भुक्तिएको पाटीमा हेमलालको छोरा नातीहरुले भोगचलनको सुर सार गरेपछि वास्तविकता खुल्यो । किर्ते गरेर मोहीले पुरै जग्गाको पुर्जा बनाएछन् ।

    गुठीको नाउमा पुर्जा बनिसकेको जग्गा के आधारमा कुन कानुनी तरिकाले व्यत्तिकोमा पुर्जा वनाईयो ? मालपोतको ढड्डामा गुठीको नाउमा पुर्जाको प्रमाण भएको अवस्थामा कसरी व्यत्तिकोमा पुर्जा बनाइयो ? हामीले यो विषयमा जानकारी पाएपछि कानुनी प्रकृया अगाडि सारेका छौं । जव सम्म किर्ते गरेर व्यक्तिको नाउमा बनाइएको पुर्जा रद्द हुदैन तबसम्म हामी निरन्तर अगाडि बढ्छौ । जग्गा फिर्ता गर्दैमा हामी मौन रहननौ ‚ कीर्तेको लागि तार तम्य मिलाउनेहरू लाई कारवाही नभए सम्म हामी संरक्षण समिति मौन बस्दैनौ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु