२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

सार्वजनिक बिदाको दिनमा पनि नागरिकता वितरण गर्छौ—प्रजिअ शर्मा


८४५१ पाठक संख्या
  • २०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक बाट प्रदान गरिदै आएको सेवा मध्य नागरिकता वितरण ‚ राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गर्ने कार्य शनिबार बाहेकको अन्य सार्वजनिक बिदाको दिनमा समेत समेत प्रदान गरिदै आएको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बर्दिया सरुवा भई जाने क्रममा आइतबार पत्रकारहरूसँगको भेटघाटको क्रममा उक्त धारणा राख्नुभएको हो ।

    प्रजिअ शर्माले काभ्रेपलाञ्चोकमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको ९ महिनाको अवधिमा आफूले गरेका कार्यहरूको सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकबाट धेरै राम्रा कुराहरु सिक्ने अवसर पाएको बताउनु भयो ।

    प्रजिअ शर्माको कार्यकालमा पहिलो प्राथमिकता सेवाप्रवाह र सुशासन कायम गर्न विषयलाई प्राथमिकता दिइएको थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय भवन निर्माणको विषय ‚ शान्ति सुरक्षा र अपराध न्यूनीकरण ‚ बजार अनुगमन ‚ कार्यालय तथा सुरक्षा इकाइहरूको अनुगमन ‚ कारागार व्यवस्थापन ‚ विपद् व्यवस्थापन ‚ सार्वजनिक जग्गा ‚ मिटर व्याज सम्बन्धी उजुरी ‚ कार्यालयको चुस्त व्यवस्थापन ‚ कार्यालय संरक्षण ‚ कार्यालयको अभिलेख साथै व्यवस्थापनमा सुधार ल्याउने कार्य गर्न सफल भएको थियो ।

    काभ्रेपलाञ्चोक जिल्लामा ९ महिना मात्रै रहेर कार्य गर्दै गर्दा जिल्लामा रहेका १३ पालिकाहरूको बारेमा विस्तृत ढंगबाट अनुगमन गर्दै सेवा प्रदानको लागि अपनाउनु पर्ने विधिको बारेमा अध्ययन गर्नुभएको थियो । नागरिकता ‚ राष्ट्रिय परिचयपत्र र राहदानी वितरणमा सहजता ल्याउनको लागि जिल्लामा रहेका १३ पालिका मध्य ७ पालिकाहरूमा पुगेर सरोकारवालाहरू साथै वडा अध्यक्षहरूसँग छलफल गर्दै सेवा प्रदानमा सहजता बनाउने विषयमा छलफल गर्दै अगाडि बढेको थियो ।

    यस्तो छ प्रजिअ शर्माले आफ्नो कार्यकालमा गरेको उपलब्धिहरु

    प्रजिअ रुद्रादेवी शर्माबाट आ.व. ०८०/८१ को २०८० भाद्र १८ गते देखि २०८१ जेष्ठ २० गतेसम्म

    कार्यसम्पादन गरिएको मुख्य मुख्य कार्यहरु ,सेवाप्रवाह र सुशासन कायम राख्न गरिएका प्रयासहरु

    १.नागरिकता राहदानी राष्ट्रिय परिचयपत्र नावालक संस्था दर्ता सिफारिस गरी जम्मा ६४९१४ जनालाई प्रत्यक्ष सेवा प्रवाह गरिएको ।
    २. गैर आवासिय नागरिकता ५१ वटा र आमाको नामवाट १४ वटा नागरिकता जारी भएका ४६ जनाको नागरिकता परित्याग भएको ।
    ३. हाल राष्ट्रिय परिचयपत्र दैनिक ५०० र ५०० जनाकोमा ःभककबनभ गरि कार्ड वितरणको व्यवस्था मिलाइएको ।
    ४.जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको ।
    ५. अशक्त अपांग ज्येष्ठ नागरिक गर्भवती महिलालाई प्राथमिकतामा राखी सेवा प्रवाहको व्यवस्था गरिएको ।
    ६.राष्ट्रिय परिचयपत्र तथा राहदानीको सेवामा टोकन प्रणालीको प्रयोग र निशुल्क कार्यालयवाटै फाराम भरी वाहिरी विचौलियाको अन्त गरिएको ।
    ७. अपांगलाई प्र जि अ घरमै पुगी नागरिकता वितरण ।
    ८. कार्यालयलाई अपांगमैत्री वनाउन तथा प्र. जि अ समक्ष सिधै गुनासो राख सक्ने वनाउन अपांगमैत्री ह्वील चेयरको व्यवस्था गरिएको ।
    ९. कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको ।
    १०.सेवाग्राहीले कार्यालय प्रमुख जिल्ला अधिकारीलाई सहजै भेट्ने गुनासो राख्ने समस्या समाधान गर्न सहज बनाइएको ।
    ११.जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको ।
    १२.कर्मचारी उत्प्रेरणा गर्न प्रत्येक मासिक वैठकमा प्रत्येक महिना उत्कृष्ट सेवा गर्ने कर्मचारी घोषणा गरी प्रमुख जिल्ला अधिकारीवाट डायरी र कलम प्रोत्साहन गरिएको ।
    १३.शनिवार वाहेकको सार्वजनिक विदामा नागरिकता राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा निरन्तर दिइएको ।
    १४. नियमित रुपमा मासिक कार्यालय प्रमुख र सूचना अधिकारीको बैठक राखी, सेवा प्रवाह, विकास निर्माण, अन्तरनिकाय समन्वयका विषयमा समाधान भइराखेको ।
    १५.सबै कार्यालयमा सूचना अधिकारी तोक्न लगाई सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाइएको ।
    १६.नियमित रुपमा सरकारी कार्यालयको अनुगमन गरी कार्यालय समयको नियमितता ड्रेस, सेवा प्रवाह, गुनासो फछ्यौटको अनुगमन गरी सुधार सहितको निर्देशन भएको ।
    १७.सेवा प्रवाह र विकास निर्माण सम्बन्धमा गुनासो फछौंट – ९५% ।
    १८.निर्माणाधिन आयोजनाको अनुगमन तथा समयमै सम्पन्न गर्न सरोकारवालासँग समन्वयात्मक बैठक.वसी सहजीकरण गरिएको ।
    १९.कार्यालयको वेवसाईट र सामाजिक संजाल अधावधिक गरी सूचनाहरु जारी गर्ने गरिएको ।
    २०.कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तह वडावाट गरिने सिफारिसमा एकरुपता ल्याउन तथा शान्ति सुरक्षालाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरु सहित पाँचखाल, पनौती, नमोबुद्ध, मण्डन देउपुर ४ वटा नगरपालिका र ३ वटा गाँउपालिका गरी ७ वटा पालिकाका प्रमुखहरु वडा अध्यक्षहरु जनप्रतिनिधिहरु तथा वडा सचिवहरुसँग पालिका स्तर मै गइ सेवा प्रवाह र शान्तिसुरक्षा सम्बन्धमा अन्तरकृया गरिएको ।

    कार्यालय भवन

    निर्माणाधिन कार्यालय भवनको सम्वन्धमा सर्वोच्च अदालयतवाट फैसला भइ आगामि वर्षको लागि बजेट विनियोजन भएको र हालको मूल्याङ्गकन गरी प्रकृया अगाडि वढाउन शहरी विकास तथा भवन निर्माण विभागमा लेखि पठाइएको । कार्यालय परिसरमा सेवाग्राहीको लागि प्रतिक्षालयको निर्माण भइरहेको ।.

    शान्ति सुरक्षा र अपराध न्यूनीकरण
    १.गृह सचिवज्यू र प्र जि अ सँगको कार्यसम्पादन सम्झौता बमोजिम वार्षिक कार्ययोजना (ब्अतष्यल एबिल) निर्माण गरी कार्यान्वयन सुरक्षा रणनीतिक योजनाको निर्माण र कार्यान्वयन जिल्लाको आन्तरिक सुरक्षा योजना जिल्लासदरमुकाम नाका सुरक्षा योजना अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा योजना ट्राफिक सहितको सयुक्त चेकजाँच कार्य योजना त्तच्त् परिचालन सम्बन्धी योजना धुलिखेल नगर सुरक्षा योजना चाड पर्व लक्षित सुरक्षा योजना लगायत सुरक्षा योजना तयार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको ।
    २. मुद्दाको सफल अनुसन्धान भएको पछिल्लो समय घटेका बोधिचित्वको रुख कटान लगायतको अपराधको अनुसन्धान भइरहेकोले छिटै कानूनी दायरा आउने ।
    ३.अपराध अनुसन्धान र पेन्डिङ मुद्दाहरुको फस्यौट फैसला कार्यान्वयन र फरार अपराधिको खोजि र पक्राउमा निरन्तरता दिइएको ।
    ४.महिला बालबालिका तथा ज्येष्ठ नागरिक पीडित भएका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखि अनुसन्धान गरिएको ।
    ५.कानुनि दायरामा ल्याएका अपराध घटनाको संख्या – ५७० रहेको ।
    ६.११२ जना फरार प्रतिवादीहरु पक्राउ गरी २ करोड ४३ लाख असुली ।
    ७.सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सँगको समन्वयमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको सडक सुरक्षा कार्यक्रमबाट लाभन्वितको संख्या – ३९१९ रहेको ।
    ८.प्राकृतिक स्रोत साधनको अवैध दोहन कार्यलाई नियन्त्रण गर्ने र कारबाहीको दायरामा ल्याईएको ।
    ९.प्राकृतिक स्रोतको गैर कानुनि दोहन उपर भएको कारवाही गरी २१,९००००।– असुली भएको ।
    १०.सामुदायिक साझेदारी कार्यक्रमहरुबाट सडक सुरक्षा लैगिक हिंसा लागु औषध नियन्त्रण लगायतका १८ वटा शिर्षकमा २१३९७ जनालाई जनचेतनामूलक कार्यक्रम गरिएको ।
    ११.अवैध हातहतियार नियन्त्रणको लागी दैनिक रुपमा प्रहरी परिचालन गरी संकास्पद सवारी साधन, मानिसहरु र मानिसहरुले ल्याएको सामानहरु चेकजाँच गर्ने व्यवस्था मिलाईएको ।
    १२.जिल्लामा वैकङ्गि कसुर र आर्थिक अपराधका मुद्दाहरु धेरै भएकोले छुटै शाखा स्थापन गरी छानविन गरी मुद्दा दर्ता हुने गरेको । प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई अनुसन्धान गर्ने गरेको ।

    बजार अनुगमन

    १.उपभोक्ताहित संरक्षणको लागि ५१९ वटा फर्म पसल उद्योगहरुको अनुगमन २९ वटालाई जरीवाना गरी ७ लाख ६० हजार अशुल उपर भएको ।
    २. जिल्लामा उपभोक्ता हित संरक्षण र कालोवजारी न्यूनीकरणको लागि निजि क्षेत्र, स्थानीय तह सरोकारवालासंग बैठक , अन्तरक्रिया तथा बजार अनुगमन भएको ।

    कार्यालय तथा सुरक्षा इकाइहरुको अनुगमन

    १. जिल्ला स्थित सुरक्षा निकायका कार्यालय तथा मातहतका प्रहरी चौकीहरुको प्रमुख जिल्ला अधिकारीवाटैै २५ पटक अनुगमन गरिएको ।
    २. जिल्ला स्थित १८ वटा कार्यालय तथा २४ वटा संघसंस्थाहरु तथा लागुऔषध पुनस्थापना केन्द्रहरु अनुगमन गरी सुधार सहितको निर्देशन गरिएको ।

    कारागार व्यवस्थापन

    १. कारागार कार्यालयमा खानेपानीको व्यवस्थापनको लागि ३०,००० लिटरको अण्डर पाउण्ड पानी ट्यांकी निर्माण कार्य सम्पन्न हुन लागेको । ७५ प्रतिशत काम भएको ।
    २. ११८ जना कैदी बन्नीहरुलाई सिप मुलक तालिमहरु प्रदान गरिएको ।
    ३. गलैचों पुत्ले कार्यलाई तान अप गरी २४ वटा पुर्याएको साथै मन्त्रालयको सहयोगमा ७ दिये गलैचा बुनाई सिकाई तालिम समेत सम्पन्न भएको ।
    ४. खाना पकाउने प्रयोजनार्थ २ वटा Steam Rice Cooker को प्रयोग भएको बर १ को सरिरको लागि प्रकृया अगाडि बढ्को ।
    ५. कारागारभित्र प्रयोग भएको इन्धनको खपत घटाउन बैकल्पिक उर्जाको लागि प्रदेश सरकार स्थानीय पालिकाहरुको सहयोगमा इन्भर तथा ब्याट्रीको व्यवस्था गरी सौर्य उर्जाको व्यवस्था गरिएको जसबाट विद्युत महशुल घटाउन सकिने छ ।

    विपद् व्यवस्थापन

    १. विपद् प्रतिकार्य योजना तयारी र कार्यान्वयन ।
    २. विपद्को जोखिम नक्साङ्गन ।
    ३. विपद् व्यवस्थापनको लागि खुला क्षेत्रको पहिचान र हेली प्याडहरुको विवरण तयारी अवस्थामा ।
    ४. DEOC सुदृढीकरण र LEOC सँग समन्वय ।
    ५. १७४ जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको ।
    ६.प्रदेश तथा स्थानीयतहसँग समन्वय ।
    ७.जिल्ला विपद् व्यवस्थापन समितिको नियमित्तं बैठक बसी सुरक्षा निकाय सहित सबै सरोकारवाला निकायहरुले विपतमा प्रयोग हुने स्रोत साधन, उपकरणहरु तयारी हालतमा राखे अनुरोध गरिएको ।
    ८.सुरक्षा निकायहरुबाट आगलागि तथा मनसुन प्रतिकार्य अभ्यास ।
    ९.कार्यालयमा आउँदैको दिनमा राहत दिने व्यवस्था मिलाइएको ।
    १०.४८ जनालाई ८ लाख ८१ हजार राहत वितरण ।
    ११.महाभारत गाँउपालिकावाट ७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार ।
    सार्वजनिक जग्गा
    १.सार्वजनिक जग्गा अधिकम सम्बन्धमा प्राप्त उजुरी उपर छानविन भइरहेको सम्बन्धित पालिकालाई, गैर कानुनि काममा रोक लगाउन पत्राचार गरिएको ।
    २. राजश्व चुहावट नियन्त्रणका लागि गरिएका प्रयासहरु र प्राप्त नतिजा ।
    ३. जिल्ला राजश्व चुहावट समितिको बैठक बसी गैरकानूनी ओसार पसार, चोरी, तस्करी नियन्त्रण गर्ने बक्यौता असुर उपर गर्न कारवाही बढाइएको ।
    ४. बक्यौता असुल नगर्ने ७ वटा खानी उद्योग बन्द गराइएको ।
    ५. वक्यौता रकम नतिर्ने ४१ करदातालाई कानूनी कार्वाहीको लागि खाता रोक्का गरिएको ।
    ६. खानीजन्य तथा नदीजन्य पदार्थको ओसार पसार गर्ने सवारी साधनहरुको बिल भरपाई भए/नभएको ।
    चेकजांच गर्ने गरी कारवाहि गर्ने गरिएको ।
    ७. नदीजन्य पदार्थको अधिक भार बोक्ने ट्रिफरहरुलाई कारवाहि गर्ने गरिएको ।

    मिटर ब्याज सम्वन्धी उजुरी

    १. जिल्ला प्रश्ससक कार्यालयवाट प्राप्त जम्मा निवेदन ३६, रहेको छ ।
    २. मिलापत्र १२, छलफल भई सहमति भएको १७ ।
    ३. छलफलको क्रममा रहेको ४, सम्पर्क हुच चसकेको २ बटा ।

    कार्यालयको चुस्त व्यवस्थापन, कार्यालय संरक्षण, कार्यालयको अभिलेख व्यवस्थापन

    १ कायरिलय संचालनमा Campiten Photocopy Machine, Scanner, Telephone लगायतका प्राविधिक संसाधन तथा Radio Communication, e–mail, Internet, Intranet लगायतका प्रविधिहरुको समेत प्रयोग परिएको ।
    २ यस आव को दैनिक सिर्जना भएको सबै अनुसूचि Scania परिएको जस्मा अघिल्लो आव को समेत २७९१४ अनुसूचि पर विनस्तर रुपमा काम भइरहेको।
    ३ पायरिकताका अनुसूचि दैनिक रुपमा CCIMS सिष्टममा राजे गरिएको ।
    ४ कार्यालयका महत्वपूर्ण विवरणहरुको एक्सटर्नल व्याकअफ गरि गोप्य कोठामा राजे व्यवस्था गरिएको ।
    ५ कार्यालयका सूचनाहरु तथा जानकारीहरु बेवसाइट र सामाजिक संजालमार्फत जानकारी गराउने गरिएको ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु