२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेपलाञ्चोकमा १४ वर्ष मुनिको बालबालिकाको निशुल्क शल्यक्रिया हुने 


७०९२९ पाठक संख्या
  • २०८१ अषाढ ४, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ५ मा रहेको शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालमा ७ दिनको लागि १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूको बिभिन्न खाले रोगको उपचार तथा शल्यक्रिया निशुल्क हुने भएको छ ।

    अस्पताल स्रोतका अनुसार असार ३० गते देखि साउन ४ गते सम्म शीर मेमोरियल अस्पताल कक्षमा हाइड्रोसिल ‚ हर्निया ‚ मुत्रनली लगायत अन्य रोगहरूको समेत निशुल्क शल्यक्रिया हुने भएको छ ।

    असार २९ गते सम्म अस्पताल कक्षमा नाम दर्ता गराएर उपचार गराउन पाइने व्यवस्था अस्पतालले गरेको छ । विगत वर्षहरूमा पनि यस्ता विभिन्न प्रकारको रोगको निशुल्क उपचार गराउँदै आएको अस्पतालले विगतलाई निरन्तरता दिदै आएको अस्पतालका प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापाले जानकारी गराउनु भयो । उहाँले थप्नुभयो निशुल्क उपचारको विषयमा फोनबाट पनि जानकारी लिन सक्ने व्यवस्था गरिएको छ जसमा पुकार श्रेष्ठ ९८४४०४२३६४ र त्रिरत्न मानन्धर ९८४१४३०१७७ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १४%१६%२%३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु