२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पाँचखालमा सुविधा सम्पन्न चिस्यानकेन्द्र ‚ १४ जना कृषि प्राविधिकलाई परिचालन गरिने


६५०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको पन्ध्रौं नगरसभा सम्पन्न भएको छ । नगरसभा बाट सौहार्द पूर्ण तरिकाले नीति तथा कार्यक्रम पारित भयो । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले पाँचखालको भविष्य निर्माणमा टेवा पुग्ने भएको छ ।

    कृषि नगरीको रुपमा परिचित नगरमा किसानको हितलाई प्राथमिकतामा राखिएको छ । जसमा वास्तविक किसानको पहिचान गरी जीवनस्तर सुधारका लागि लक्षित कार्यक्रमहरूलाई प्राथामिकतामा राखिने भएको छ । त्यसैगरी निजी लगानी ‚ संघ तथा प्रदेशको सहभागितामा जैविक मल विषादी उत्पादन गर्ने उद्योग स्थापना गर्न प्राथमिकता दिइने भएको छ । पाँचखालका कृषकको हितको खातिर चिस्यानकेन्द्र अति आवश्यक भएकोले सुविधा सम्पन्न चिस्यान केन्द्र निर्माण गर्ने उल्लेख छ । लव ग्रीन नेपालको साझेदारीमा १४ जना कृषि प्राविधिकहरूलाई कृषि उपजको उत्पादन तथा उत्पादकत्व बृद्दीका लागि परिचालन गरिने भएको छ ।

    कृषकहरूको हितको लागि सफा स्वच्छ दूध एवम् मासुलाई उपभोक्ता सम्म पुर्याउन व्यवस्थित पशु वधशाला र कोल्डस्टोरेज निर्माण गरि बिक्री वितरण तथा स्वच्छ दूध उत्पादनको लागि कृषकहरूको क्षमता विकास गरिने । नगर क्षेत्र भित्र पशुपक्षीको स्वास्थ्य परिक्षण र खोपको लागी सार्वजनिक निजी साझेदारीमा प्रयोगशाला निर्माण कार्यलाई प्राथमिकता दिइने भएको छ । स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योगलाई २ वर्षसम्म स्थानीय करमा सत प्रतिशत छुट दिने जुन एक उद्योगबाट १० जना स्थानीयले रोजगारी पाउने । ५० जना भन्दा बढी स्थानीयलाई रोजगारी दिने गरी स्थापित नयाँ उद्योगहरू सम्म पहुँच मार्ग‚ विद्युत जडान तथा पानीको व्यवस्था गरिने उल्लेख छ ।

    भोज भतेरमा अनावश्यक विकृतिलाई निरुत्साहित गर्दै मदिरा ऐन कार्यान्वयन गर्दै सेवन तथा बेचविखन सम्बन्धी कार्यलाई व्यवस्थित गर्दै निश्चित समयमा मात्र सेवन तथा बिक्री व्यवस्था मिलाइने भएको छ । विद्यार्थीहरूलाई अन्तराष्ट्रिय बजारको माग बमोजिम योग्य र सक्षम बनाउन अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन र शिक्षकको लागि विशेष प्रशिक्षणको व्यवस्था गरिने छ । पाँचखाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नका लागी निजी ‚सामुदायिक‚ सरकारी विद्यालय तथा विश्वविद्यालयहरु लाई आवश्यक जग्गा उपलब्ध गराउने उल्लेख भएको छ ।

    नगरसभामा नगर उपप्रमुख सुर्यमाया दनुवारले ०८१/०८२ को लागि कार्यपालिकाबाट स्वीकृत अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । जसमा ७९ करोड २४ लाख ५० हजार रहेको छ । त्यसैगरी चालु तर्फ १५ करोड, पुँजिगत तथा कार्यक्रम खर्च २५ करोड २८ लाख ७३ हजार विनियोजन भएको छ ।
    प्रशासनिक÷चालु आ.व. १५ करोड २०८०÷८१ को दायित्व, टेन्डर २ करोड आ.व. २०८०÷८१ को दायित्व, उपभोक्ता समिति र अन्य ५० लाख , विपद् व्यवस्थापन कोष ५० लाख , नगरस्तरीय आकस्मिक योजना १ करोड , संघीय समपुरक योजना १, करोड ५ लाख , प्रदेश समपुरक योजना ३ करोड , अन्य समपुरक म्याचिङ १ करोड , आकस्मिक मर्मत सम्भार कोष ५० लाख , नगरस्तरीय योजना तथा कार्यक्रम ५ करोड ३३ लाख , वडास्तरीय योजना तथा कार्यक्रम ५ करोड २० लाख, विषयगत/क्षेत्रगत/शाखागत कार्यक्रम ५ करोड २० लाख रहेको छ ।

    त्यसैगरी बजेटको स्रोत तर्फ संघिय सरकार सशर्त अनुदान ३१ करोड १७ हजार , संघिय सरकार समपुरक अनुदान पुजींगत १ करोड ५ लाख , प्रदेश सरकार सशर्त अनुदान २ करोड ८० लाख , प्रदेश सरकार विशेष अनुदान ७० लाख , प्रदेश सरकार समपुरक अनुदान पुजींगत ३ करोड , सडक बोर्ड ४० लाख , बाँडफाँड नहुने (जम्मा) ३८ करोड ९५ लाख ७७ हजार , संघिय सरकार राजश्व बाँडफाँड १० करोड ६६ लाख , संघिय सरकार समानीकरण अनुदान १२ करोड ४४ लाख , प्रदेश सरकार समानीकरण अनुदान १ करोड २५ लाख ४८ हजार , प्रदेश सरकार राजश्व बाँडफाँड ९ करोड ३ लाख २५ हजार , अ.ल्या समेत २ करोड ५० लाख , आन्तरिक स्रोत ४ करोड ४० लाख , वाँडफाँड योग्य जम्मा रकम ४० करोड २८ लाख ७३ हजार रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु