२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

रोशीको आयोजनामा विपद प्रतिकार्य तीनदिने तालिम


२७०४१ पाठक संख्या
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धन गरपालिका वडा नं –७ भकुण्डेमा सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
    रोशी गाउँपालिकाको आयोजना भद्रदल गण भकुण्देबेशी र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा तालिम शुरु भएको हो ।

    सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यतामा तालिम शुभारम्भ भएको हो । तालिम शुभारम्भ गर्दै मेयर मालाले विपद न्युनिकरणका लागि सबैमिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो । ‘विपद कहिँपनि कसैलाई पनि नपरोस्, यदि परिहाल्यो भने पनि हामी सबै मिलेर सामना र प्रतिकार्य गर्न लाग्नु पर्छ ।’ नमोबुद्ध नगरपालिकाका मेयर लामाले भन्नुभयो , ‘स्थानीय तह एकातिर, प्रहरी एकातिर, नेपाली सेना एकातिर भयो भने प्रभावकारी हुदैन, त्यसो भएर हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।’

    विपद प्रतिकार्यका लागि जुनसुकै सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।
    रोशीगाउँपालिकाकाअध्यक्षदिनेश लामाले विपदमा फ्रन्टलाइमा उभिनुपर्ने व्यक्तिहरु एक भएर लागौंभन्ने सन्देश दिनको लागितालिमको आयोजना गरेको बताए । विपद सम्बन्धीप्रतिकार्य गर्न सनुदाय स्तरमै जनचेतना फैलाउनकालागितालिमको आयोजना गरेको उनको भनाइ छ । तालिममा सहभागीभएकाव्यक्तिहरुले विपदमाप्रतिकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।

    भकुण्डे बेशीमा अवस्थित २६ नम्बर बाहिनी पति अशोक गुरुङले नेपाली सेनाले स्थानीय तहहरुसग समन्वय गरेर विभिन्न कार्य गर्दै आएको बताउनु भयो । तीकार्यहरू विपदमा प्रभावकारी भएको उहाँको तर्क छ । विपद प्रतिकार्यका लागि पहिलो भुमिका स्थानीयको हुने उहाँले बताउनु भयो । त्यसकारण सामुदायिक विपद प्रतिकार्य तालिम प्रभावकारी हुने ठोकुवा गर्नुभयो । २०७२ सालको भूकम्प पछि काभ्रे जिल्ला पहिरोको जोखिममा रहेको बाहिनी पति गुरुङले बताउनुभयो । त्यसैले सतर्क रहन सबैलाइ अनुरोध गर्नुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले विपदमा सामुहिक रुपमा प्रति कार्यका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका सुरक्षा निकाय र स्थानीय तहहरु एक भएर प्रतिकार्यमा लाग्नुपर्ने उहाँको तर्क थियो ।

    रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइबाले तालिम बाट प्राप्त सिप लाइ विपदको वेला साच्चै प्रयोगमा आउने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेको सिपले विपद प्रतिकार्य सहज हुने बताउनु भयो ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरिले संचालन गरेको कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेपाली सेना भद्रदल गणका क्याप्टेन समीर अधिकारीले तालिमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले तालिममा सैधान्तिक तथा व्यवहारिक ज्ञान आदान प्रदान हुने बताउनु भयो । प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरुको बारेमा पनि अधिकारीले जानकारी गराउनु भएको थियो ।

    तालिममा ८० जना भन्दा बढी सहभागी रहेको रोशी गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव तथा इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिममा रोशी गाउँपालिकाको हरेक वडाबाट र रेडक्रबाट सहभागीता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु