२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

काभ्रेपलाञ्चोकमा ७ सय किलो मिठाई नष्ट—भिडियो सहित


११३३७ पाठक संख्या
  • २०८१ भाद्र १७, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित तामाघाट बजार, पाँचखाल समाजकल्याण, जिरो किलो , तिनपिप्ले लगायतको स्थानमा रहेको मिठाई पसलहरु अनुगमन गर्दा अखाद्य पदार्थ मिसावट भएको पाईएकोले मिठाईहरु संकलन गरी नष्ट गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको निर्देशनमा आज (सोमबार ) भएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय काभ्रे बाट नकुल गिरी ‚ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाईँ ‚ घरेलु तथा साना उद्योग कार्यालय काभ्रे धुलिखेल वाट रविन्द्र प्रसाद चौलागाई र टिकाराम खत्री ‚ जिल्ला समन्वय कार्यालय काभ्रेवाट भरत सापकोटा , पाँचखाल नगर उपप्रमुख सुर्य माया दनुवार , पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष नविन प्रकास निरौला , उद्योग बाणिज्य संघ बागमती प्रदेसका सदस्य राजन कार्की , उद्योग बाणिज्य संघ पाँचखालका उपाध्यक्ष दिल बहादुर श्रेष्ठ , प्रहरी चौकि पाँचखालका प्रमुख बिष्णु राज फुयालको नेतृत्वको प्रहरी टोलि ‚ स्थानियहरु साथै सञ्चारकर्मी समेतको टोलीले मिठाई पसल अनुगमन गरेको हो ।

    कुशे औँसीको अवसरमा बुवाको मुख हेर्नको लागि मिठाईको धेरै प्रयोग हुन्छ । मिठाई बडी बिक्ने समयमा मिठाई पसलेहरूले मिठाई बनाउँदा अपनाउनु सावधानी अपनाउनुको बदलामा अखाद्य पदार्थ मिसावट गर्दा उपभोक्ताहरूको स्वास्थ्यमा समस्या आउन सक्छ । उपभोक्ताहरूको स्वास्थ्यमा समस्या आउन नदिनको लागि मिठाई पसलहरूको अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अनुगमनको क्रममा मिठाईमा प्रयोग भएको रंगहरुले मानव स्वास्थ्यमा बिभिन्न रोगको साथै क्यान्सर समेत हुन सक्ने भएकोले त्यस्ता मिठाईहरु नष्ट गरिएको पाँचखाल नगर उपप्रमुख सुर्यमायाँ दनुवारले जानकारी गराउनु भयो । उपप्रमुख दनुवारका अनुसार बजार अनुगमन गर्दा अखाद्य पदार्थ मिसावट भएको अन्दाजि ७ सय किलो मिठाई नष्ट गरिएको हो ।

    मिठाईमा प्रयोग हुने रङ्ग ‚ तेल ‚ पिठो ‚ सुरक्षित भण्डारण ‚ प्याकिङ गर्ने सामाग्री ‚ निर्माण मिति ‚ सरसफाइ लगायतको विषयमा अनुगमन टोलीले सुझाव दिएको थियो । मिठाई पसल अनुगमन गर्दै गर्दा उपभोक्ताहरूले खुसी व्यक्त गर्दै समयमा भएको सुझावले हामी सतर्क भयौँ । हामीले आफ्नो अभिभावकहरुलार्ई खुवाउन किनेको मिठाई गुणस्तर नहुँदा रोगको शिकार हुन सक्ने रहेछ हामी सचेत भयौ ।

    अनुगमन टोलीले मिठाईको सही ढंगबाट उपभोग नभएमा स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । तर खाने बित्तिकै असर नगर्न सक्छ सुस्त ढंगले असर गर्दै शरीरमा क्यान्सर समेत हुन सक्छ त्यसैले सचेत हुन जरुरी रहन्छ । मिठाईहरु पोको पार्दा पत्रिका वा अन्य कुनैपनि लेखिएको कागज प्रयोग भएमा सो कागजमा भएको मसी मिठाईले स्वस्छ जुन मिठाई खाँदा क्यान्सर हुन सक्छ त्यसैले सचेत हुनु पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाँईले सुझाव दिनु भयो । चापागाईले थप्नुभयो —हामिले व्यसायिलाई दुःख दिने नियत हैन , उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गरेका हौं ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार