२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

रेडियो मध्यपूर्वको वाषिर्कोत्सव सम्पन्न ‚ बेथितिको अन्त्यको विरुद्धमा सरकार गठन भएको छ— पुर्व मन्त्री 


२७०५ पाठक संख्या
  • २०८१ भाद्र २२, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा १७ वर्ष अगाडि “ग्रामीण सूचनाको लागि सामुदायिक रेडियो” को रुपमा सञ्चालन भएको मध्यपुर्व एफ.एम.१०४ मेगाहर्जले आफ्नो वाषिर्कोत्सव अवसरमा मध्यपुर्व सम्मान एवं तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि काभ्रे क्षेत्र नं १ का सांसद एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ ( लालध्वज ) ले नेपालको परिवर्तनको प्रमुख आधार महिलाहरूको महान पर्वको अवसरमा कार्यक्रमको आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद दिदैँ सम्पूर्ण नेपाली महिलाहरूमा शुभकामना व्यक्त गर्नुभयो । विगतमा चुनावको समयमा विकास निर्माण कार्यको लागि जुनखालको वाचा गरेको थियो ति वाचाहरू पूर्ण गरेरै छाड्ने ठोकुवा गर्नुभयो । राजनीतिक दृष्टिकोणबाट नेपाली जनताले शान्ति चाहेको छ  ‚ परिवर्तन चाहेको छ । शान्तिको कामना गर्दै हामिले जिम्मेवारी प्रदान गर्नुभएको छ ‚ हामिले जनताको चाहना पुरा गर्ने पक्षमा जुटिरहेका छौँ ।

    व्यवस्था परिवर्तनको पक्षमा भन्दा राजनीतिक हिसाबले एक अर्कामा अन्तर्विरोधसँग परिवर्तन भएको छ जसको कारण जनताको चाहना पूर्ण गर्न केही समस्या भएको बताउनु भयो । समाजको रूपान्तरण सहित सामाजिक बिथिति ‚ भ्रष्टाचार साथै खराब तत्त्वहरूको अन्त्यको लागि जनताको साथको अपेक्षा गर्नुभयो । सुशासनको पक्षमा लड्दा लड्दै सरकार परिवर्तन भएको छ ‚ सामाजिक न्यायको पक्षमा लड्दै गर्दा षड्यन्त्र मूलक ढङ्गबाट सरकार फेरबदल भएको छ । बेथितिको अन्त्यको विरुद्धमा दलालहरूको इसारामा गठबन्धन भएर सरकार गठन भएको छ । प्रमुख अतिथि दोङले बताउनु भयो ।

    कार्यक्रममा बागमती प्रदेश सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले थप्नुभयो महिलाहरूको महान पर्वको अवसरमा विगतबाट गरिदै आएको कार्य अत्यन्त सह्रानिय रहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा परि निरन्तरताको कामना गर्नुभयो । कार्यक्रममा सम्मानित हुनेहरूको तफर्बाट हरि मञ्जुश्रीले हरितालिका जितको सुरुवात र वास्तविकताको बारेमा आम दर्शकहरूलाई जानकारी गराउनु भएको थियो ।

    आधा धर्ती ओगट्दै आउनुभएका महिलाहरुको महान पर्वको अवसरमा शुक्रबार पनौतीमा आयोजित उक्त कार्यक्रममा विभिन्न विधाका ५ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पत्रकारिता क्षेत्रबाट ईश्वरी राजकुमार मैनाली ‚ शिक्षासेवीको तफर्बाट राम प्रसाद अधिकारी ‚ महिला स्वयंसेविकाको तफर्बाट मसिना के.सी ‚ साहित्य तफर्बाट हरि मञ्जुश्री ‚ राजनीतिक सेवा तफर्बाट प्रेम बहादुर महाँजु र मानव कल्याण समाज (सेवाघर ) काभ्रे रहेको थियो ।

    हरितालिका तिज पर्वको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले नेपाली कला सङ्कृतिको संरक्षणमा टेवा मिलेको थियो । स्थानीय महिलाहरूलाई व्रतको दिनमा मनोरञ्जन प्रदान गर्दै हरितालिका तिजको महत्वको बारेमा थप हौसला प्रदान गर्ने प्रमुख उद्देश्यका साथ विगत बर्षबाट तिजकै अवसरमा गरिदै आएको कार्यलाई निरन्तरता प्रदान गरिएको थियो । कार्यक्रममा भरपूर्ण मनोरञ्जन प्रदान गर्न बिभिन्न दर्जनौँ कलाकारहरूको उपस्थिति गराइएको थियो ।

    मध्यपूर्व एफ.एम. रेडियोको संस्थापक स्टेसन म्यानेजर एवं हालका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामकृष्ण बञ्जाराले सञ्चालन गर्नुभएको कार्यक्रमको सभा नेतृत्व  मध्यपूर्व एफ.एम. रेडियोको उपाध्यक्ष एवं कार्यक्रम संयोजक राधिका कणेल गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी ) पनौती नगर अध्यक्ष सर्मिला सापकोटाले शब्द द्वारा स्वागत गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार