२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

व्यापारिक ढङ्गबाट अगाडि बढेको केही सहकारीले सहकारी क्षेत्रकै बदनाम गरायो — सांसद बादे, अमन पोटे श्रेष्ठ प्यानल निर्वाचित, सचिवमा प्रकाश बञ्जाराले मारे बाजी


१७९५ पाठक संख्या
  • २०८१ भाद्र २७, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं बागमती प्रदेश सांसद कञ्चन चन्द्र वादेले सहकारीको क्षेत्रमा धेरै समस्या रहेको छ ‚ सो समस्या समाधानको लागि पहल गर्न जरुरी रहेको बताउनु भयो ।

    जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको ४३ औं वाषिर्क साधारण सभा एवं ५७ औं स्थापना दिवसको प्रमुख अतिथि वादेले सहकारी क्षेत्रमा बदनाम भएको अवस्थामा कठिनाइका साथ सहकारीको अभियान चलाई राख्नु भएको छ थप शसक्त रुपले अगाडि बढ्नुस् जसको लागि प्रदेश सरकारको तफर्बाट साथ सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद वादेले आर्थिक नीति र विधिलाई अवलम्बन नगरी सहकारीको नियम भन्दा विपरित तरिकाले व्यापारिक ढङ्गबाट केही सहकारी अगाडि बढ्दा सिङ्गो सहकारी क्षेत्र नै बदनाम भएको बताउनु भयो । सहकारीहरू प्रदेश मातहतमा रहेको छ ‚ प्रदेशमा दर्ता भएका तरकारीहरूलाई व्यवस्थित रूपले सञ्चालन गर्न कस्ता प्रकारका नीति अपनायो भने बचतकर्ताको बचत सुरक्षित हुन्छ भन्ने विषयमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो । बचत कर्ताको बचत सुरक्षित साथै संस्थाले लगानी गरेको ऋण असुलीको विषयमा के कस्तो कानुन निर्माण गर्ने भन्ने विषयमा सहकारी मन्त्री तथा सम्बन्धित समिति समक्ष सुझाव राखी सकेको बताउनु भयो ।

    कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति काभ्रे अध्यक्ष दीपक गौतमले सहकारीमा ठूला ठूला चुनौतीहरू छन् ति चुनौतीहरूलाई परास्त गर्दै फेरिपनि हिजोकै अवस्थामा भिसाधारीहरुलाई फर्काएर ति सामान्य भुइँमान्छेको समस्यालाई सम्बोधन गर्न सक्ने आशा र भरोसामा सहकारीहरू रहनुपर्ने बताउनुभयो । आजको अवस्थामा सहकारी अभियानमा लागिरहनुभएको छ ‚ सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न चाहनु हुन्छ भने लोकतान्त्रिक विधिको नाउमा निर्वाचन गर्ने कुराले थप समस्या खडा गर्ने हो । साँचो अर्थमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने हो भने लोकतन्त्रको उच्चतम् विधिको रुपमा काभ्रेपलाञ्चोक जिल्लामा सहमति आधारमा नेतृत्व चयन गर्नुपर्थ्यो मेरो तफर्बाट सल्लाह सुझाव यही हो । विशेष अतिथि गौतमले भन्नुभयो ।

    कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले बनेपामा रहेको तरकारीहरूको व्यवस्था साथै बचतकर्ताहरूको बचत सुरक्षित गर्ने अभियानमा लागेको बताउनु भयो । नगरमा रहेको सहकारीको अवस्थाको विषयमा मसिनो ढङ्गबाट केलाइएको छ र निरन्तरता दिन्छौँ । केही सहकारीले बद्नाम गर्दैमा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको छ सो विषयमा नगरको ध्यान केन्द्रित भएको छ । बनेपामा रहेको जिल्ला सहकारी सङ्घको भवन बनेको छ केही निर्माण कार्य बाँकी छ । सो अधुरो निर्माण कार्य अन्यत्र कतैबाट हुन नसकेमा बनेपा नगरको तफर्बाट हुने बताउनु भयो । प्रजातान्त्रिक विधिका साथ नेतृत्व चयनको लागि अगाडि बढेपनि सहकारी अभियानमा सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

    सहकारी सङ्घका सचिव निरञ्जन बिष्ट द्वारा सञ्चालित उक्त कार्यक्रमका सभापति दिलिप शर्माले आफ्नो कार्यकालमा भएको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरूका बारेमा प्रस्ट्याउनु भएको थियो भने सङ्घका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सङ्घको ४३ औं बाषिर्क साधारण सभाबाट अमन पोटेको प्यानल निर्वाचित भएको छ , सचिवमा भने राजन शाक्य प्यानलका प्रकाश वञ्जाराले बाजी मार्न सफल भएका छन् ।

    यस्तो छ निर्वाचन परिणाम

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार