२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

पनौती नगरपालिका “बालश्रममुक्त बालमैत्री नगर” घोषणा, पनौती खोपासी सडक तत्काल बनाउछौं —मुख्यमन्त्री लामा


२६०१ पाठक संख्या
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक धरोहरको रुपमा परिचित पनौती नगरपालिका बालश्रममुक्त नगर घोषणा भएको छ ।

    शनिबार बालदिवस २०८१ को अवसरमा वागमती प्रदेशका मुख्य मन्त्री वहादुर सिं लामाको प्रमुख आतिथ्यतामा पनौती नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिएको हो ।

    प्रमुख अतिथि मुख्य मन्त्री लामाले बालश्रममुक्त नगर घोषणा गर्दै वागमती प्रदेशमा रहेको ११९ स्थानिय तहलाई क्रममस वालश्रममुक्त घोषणा गर्दै जाने तयारी रहेको वताउनु भयो । काभ्रेको ऐतिहासिक नगरको रुपमा परिचित पनौती नगरले वालश्रममुक्तको लागि पुरा गर्नुपने ५१ सुचकहरु पुरा गर्दै अगाडि बढेकोमा नगरका सम्पुर्ण जनप्रतीनिधि तथा सरोकारवालाहरुलाई धन्यवाद दिनु भयो । पनौती नगरपालिका बालमैत्री नगरपालिका विगतमै घोषणा भएको छ , जसका कारण मुलुककै पहिलो “बालश्रममुक्त बालमैत्री नगर” हुन सफल भएको बताउनु भयो । “बालश्रममुक्त बालमैत्री नगर” “घोषण गरियो यसलाई निरन्तरता दिने विषयमा चुनौती छ , जुन कार्यको लागि आफु अनि वागमती सरकारको तर्फबाट पुर्ण रुपमा साथ दिन्छौं ।” पनौती खोपासी सडकको अवस्थको वारेमा मलाई जानकारी छ सो सडकको साथै अन्य विकास निर्माणको लागि बागमती सरकारले तत्काल पहल गर्ने छ । मन्त्री लामाले भन्नुभयो ।

    विभिन्न मितिमा १२ वटै वडा बालश्रममुक्त घोषणा भएपछि भदौ शनिवार एक कार्यक्रमविच पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषणा कार्यक्रममा मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादे, तिर्थ लामा , नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा,समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि साथै अतिथिहरु साथै पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जारा, पनौती नगरपालिकाका सबै वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत कर्मचारी, सरोकारवाला लगायतले “बालश्रममुक्त बालमैत्री नगर” दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    पनौती नगरका प्रमुख रामशरण भण्डारीले वालश्रम घोषणको प्रतिवेदन प्रस्तुत गर्दै बालश्रममुक्त घोषणा गर्नको लागि बालश्रममा रहेका र जोखिममा रहेका बालबालिकाको ‘व्यवस्थापन’ गरिएको बताउनु भएको थियो । नगर प्रमुख भण्डारीले थप्नुभयो बालश्रममुक्त नगर घोषणा गरेर यसको निरन्तरतामा ध्यान दिन सकिएन भने यसको वास्तविक अर्थ नहुने भन्दै यसको दिगोपनाको लागि निरन्तर रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सरोकारवालालाई साथ दिन आग्रह गर्नुभयो ।
    पनौती नगरका उपप्रमुख गिता वञ्जाराले स्वागत मन्तव्य राख्दै बालश्रममा रहेका ४ बालबालिकालाई अभिभावकको जिम्मा लगाएको, अन्यत्रका ४ जनालाई घर फिर्ता गरिएको, २ जनालाई बालगृहमा पुनस्र्थापना गर्नुका साथै बालश्रममा रहेका ९ जनालाई स्थानीय विद्यालयमा पढाउने वातावरण मिलाएको बताउनु भयो । विद्यालय जान छोडेर बालश्रमको जोखिममा रहेका ११ बालबालिकालाई पनि विद्यालय भर्ना गरिएको जानकारी गराउनु भयो ।

    नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा कार्य गर्दै आएको थियो । पनौती नगरलाई “बालश्रममुक्त बालमैत्री नगर” बनाउनको लागि योगदान गर्नुहुने पत्रकार महासंघ काभ्रे शाखा , नगरको बालमैत्री शाखा प्रमुख केशव वञ्जारा , नगरमा रहेका सम्पुर्ण वडाहरु लगायतका विभिन्न सस्था एवं व्यक्तिलाई सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार