२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

सरकारले इट्टा व्यवसायिको पक्षमा काम गर्नेछ- मन्त्री भण्डारी


१८४७ पाठक संख्या
  • २०८१ आश्विन १, मंगलबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । नेपाल ईट्टा उद्योग महासङ्घको १६ औं वाषिर्क साधारण सभा सङ्घीय सरकारका उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोमबार धुलिखेलमा सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले इट्टा उद्योगीहरुका समस्या समाधानको लागि सरकार तयार रहेको बताउनु भयो । राज्य‚ सरकार बलियो भयो भने व्यवसाय र व्यवसायी बलियो हुने भन्दै सरकारले व्यवसायीको पक्षमा काम गर्ने बताउनु भएको हो ।

    प्रविधिमैत्री विकास आफूले खोजेको भन्दै जलवायु अनुकुलन हुने गरी उद्योग सञ्चालन गर्नुपर्छ । शतप्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुने ईट्टा उद्योग पुरानो र अत्यावश्यक उद्योग भएकाले जसको कारण निर्माणको धरोहरको रुपमा रहेको उद्योग कुनै पनि कारणले नढल्ने ठोकुवा गर्नुभयो । उद्योगमा आईपरेका चुनौतीहरूको विषयमा सरकार छलफल गर्न तयार छ । व्यावसायिकता माथि उठेका प्रस्नहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ ? वातावरण मैत्री ढङ्गको मन्त्रालयले गर्नुपर्ने काममा अन्तर मन्त्रालयसँग समेत बसेर छलफल गर्नेछौँ । उद्योगको कार्यक्षेत्र प्रदेशसँग भएपनि पुरानो उद्योग भएका नाताले उद्योगको हितको लागि छलफल गर्नेछौँ । मन्त्री भण्डारीले भन्नुभयो ।

    कार्यक्रममा मन्त्री भण्डारीले थप्नुभयो —उद्योगमा जोखिम पनि छ ‚ रोजगारी पनि छ ‚ मूल्यलाई कसरी एकरूपता कायम गर्ने ? गुणस्तर मापनको माध्यम के हो ? मूल्य समायोजनको अतिरिक्त उद्योगमा कमगर्ने मजदुरको स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । जुन कुरालाई हामिले वेवास्ता गरियो भने उद्योगका  लागि जीवन कि जीवनका लागि उद्योग भन्ने हो । पहिला कमगर्ने श्रमिक सुरक्षित हुनुपर्यो ‚ अहिले पनि पहिलो जोखिम श्रमिकमा छ ‚ त्यसैगरी बालिमा छ ‚ फलफूल लगायतमा प्रभाव पर्छ । यस्तो समस्यालाई समाधानको लागि बाटो खोजेका छौँ । यस्ता समस्या समाधान गर्दै व्यवसायलाई सुनिश्चित गर्ने कार्य गर्छौ ‚ मन्त्रालय व्यवसायीहरूको साथमा छ ।

    कार्यक्रममा बागमती प्रदेशका पूर्व यातायात मन्त्री एवं प्रदेश सांसद लक्ष्मण लम्सालले इट्टा व्यवसायीहरूले व्यवसायमा देखापरेको समस्याको बारेमा कार्यक्रमका सभापतिले धेरै जानकारी गराउनु भयो । सोही समस्याको बारेमा यस साधारण सभामा सरकारको तफर्वाट साथै प्रदेशको तफर्बाट प्रतिबद्धताहरू जाहेर भइसकेको छ । “व्यवसायमा पक्कैपनि समस्या छ‚ समस्या नभएको क्षेत्र नेपालमा कुनैपनि क्षेत्र छैन ।” तर समस्या छ भन्दैमा समस्यासँग भागेर सुख पाउने अवस्था छैन । समस्यालाई समाधानको मार्ग पहिल्याउनु पर्छ ‚ त्यसैले इट्टा व्यवसाय भनेको निर्माणसँग जोडिएको विषय हो । श्रम ‚सीप ‚ पुँजी नेपालकै रहेर सञ्चालन भएको इट्टा व्यवसायले अर्थतन्त्र साथै रोजगारीमा टेवा पुर्याएको छ । त्यसैले यस्तो खालको व्यवसायलाई सरकारले व्यवसायीको समस्या समाधानको लागि पहल लिनु पर्छ । व्यवसाय सञ्चालन गर्दै गर्दा धेरै ठाउमा करको मारमा परेको भन्ने व्यवसायीको गुनासो छ ‚ व्यवसायिहरूले कर तिर्दा एक द्वार प्रणालीनै ठिक हुने छ । तपाई उद्योगपतिहरू निष्ठा पूर्वक व्यवसाय चलाउनोस् ‚ व्यवसाय ठिक ढङ्गले चलाउनोस् समस्यासँग डराउनु पर्दैन । व्यवसायीलाई दुख दिएर मुलुक अगाडि बढ्दैन ‚ व्यवसाय नफस्टाएसम्म मुलुक फस्टाउँदैन पूर्व मन्त्री लम्सालले भन्नुभयो ।

    कार्यक्रममा संविधानसभा सदस्य पूर्व राज्यमन्त्री एवं वाग्मती प्रदेश सांसद कञ्चनचन्द्र बादेले भन्नुभयो —व्यसायिहरुको समस्या के हो ? कस्ता खालका समस्या समाधान भए व्यवसाय फस्टाउँछ भन्नुस् हामी साथ दिन तयार छौँ । व्यवसायिको के कस्ता समस्या रहेछन् भन्ने विषयमा जानकारी लिन आम उपस्थित भए ‚ धेरै जानकारी भयो । भुकम्प साथै कोरोनाको कारणले उद्योगहरूमा धेरै घाटा भएको छ यस्तो अवस्थामा उद्योग सहज ढङ्गबाट चलाउने वातावरण मिलाउनु हाम्रो कर्तव्य हो । राज्यको तफर्बाट गर्नुपर्ने कुराहरू के कस्ता छन् भन्ने विषय प्रमुख हो । हामीलाई लागेको छ व्यवसायी साथीहरूलाई धेरै ठुलो समस्या छ ‚  यो व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण फरक ढङ्गको रहेको छ । देश विकासमा ठुलो योगदान पुर्याउने इट्टा उद्योगलाई कुनै समयमा स्थानीय तहले अराजकता देखाएकै हो । नमोबुद्ध नगरमा भट्टाहरू भत्काएको उदाहरण छ ‚ व्यवसायीलाई स्थानीय तहले कस्तो व्यवहार गर्यो ? पूर्व मन्त्री वादेले भन्नुभयो ।

    नेपाल ईट्टा उद्योग महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्द सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर अवाल‚ संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकार ‚काभ्रे ईट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष जितेन्द्र खायमली लगायतले ईट्टा उद्योगीले भोगिरहेका समस्या समाधानको लागि उचित कदम चाल्नुपर्ने तर्क राख्नुभएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शङ्करबहादुर चन्दले ३ तहका सरकारका नीति‚ बैंकको ब्याजदर‚ निर्माण कार्यमा पनि ईट्टाको प्रयोग नहुनु र विकास बजेट खर्च नहुँदा उद्योगीहरू निराश भएको बताउनु भएको थियो । व्यवसायीहरूको समस्याको विषयमा सरकारको ध्यान पुग्ने र आजको साधारणसभामा सरकारको तफर्बाट सञ्जीवनी बुटी पाउने अपेक्षा गर्नुभएको थियो । ३ हजार वर्षअघि देखि प्रयोग हुँदै आएको ईट्टाको विकल्पमा ५० वर्ष आयु भएका निर्माण सामाग्री प्रयोग हुन लागेको भन्दै यसबारे सरकारको नीति स्पष्ट हुनुपर्ने उहाँको तर्क थियो । सङ्घीय सरकारले दिएको इजाजत स्थानीय तहले ‘खोस्टो’ बनाएको भन्दै स्थानीय तह पिच्छे  कर तिर्न बाध्य बनाएको भन्दै दुखेसो पोख्दै एक द्वार प्रणालीबाट करको व्यवस्थाको माग गर्नुभएको थियो ।

     

    साधारण सभामा काभ्रे जिल्लाका नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको सिफारिसमा ४ जनालाई सम्मान गरिएको थियो । जसमा वरिष्ठ साहित्यकार एवं पत्रकार मोहन दुवाल‚ पत्रकार इश्वरी राजकुमार मैनाली‚ राजकुमार पराजुली‚ शिखर चिमौरिया रहनु भएको थियो । त्यसैगरी इट्टा उद्योग महासङ्घलाई सहयोग गर्ने मोरङ अटो वर्कर्स‚ कमर्सियल भेइकल प्रा.लि.‚ सिद्धार्थ प्रिमियर इन्स्युरेन्स कम्पनी प्रा.लि‚ एस.एन मेटल एण्ड मेकानिकल वर्कर्स‚ सिप्रदी ट्रेडिङ प्रा.लि. र सर्लाही ईट्टा उद्योग व्यवसायी सङ्घलाई कदरपत्र द्वारा सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार