२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

अनुसन्धान कार्यको लागि प्रदेश सरकारबाट २८ करोड बजेट ‚ सर्वमङ्गला क्याम्पसको लागि सक्दो सहयोग गर्छु —मन्त्री हरिप्रभा 


६२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन ६, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नैतिक शिक्षा कोर्सबाट हटाउँदा विद्यार्थीहरूका जटिल समस्या आएको बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको सर्वमङ्गला बहुमुखी क्याम्पसको १९ औं वाषिर्कोत्सव उद्‌घाटन गर्दै आज ( आईतवार) मन्त्री खड्गीले उक्त धारणा राख्नुभएको हो ।

    नैतिक शिक्षा पड्न नपाएपछि विद्यार्थीहरूले संस्कारको बारेमा कसरी जान्नु जसको कारण पछिल्ला समयमा आएर छोराछोरीले बुवा आमासँग बोल्ने ढङ्ग छैन । कोसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर सिक्न नपाउँदा यस्तो समस्या आएको हो । विद्यार्थीवर्गमा संस्कार सिकाउनको लागि नैतिक शिक्षाको आवश्यक पर्छ त्यसैले नैतिक शिक्षा र पुर्वव्यसायिक पुन कोर्समा समावेश गर्नै पर्छ । बागमती प्रदेशमा उल्लेखित विषयहरू कोर्समा समावेश गर्नको लागि म लागिपरेको छु । प्रमुख अतिथि मन्त्री खड्गीले भन्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश मन्त्री खड्गीले थप्नुभयो —हरेक क्षेत्रमा अनुसन्धान गर्न जरुरी छ । विगतमा अनुसन्धान गर्दा आफैले पैसा खर्च गरेर गर्ने गरिन्थ्यो तर अव कुनैपनि विषयको अनुसन्धान गर्दा आफैले खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अव प्रदेश सरकारबाट विज्ञान र अनुसन्धानको लागि २८ करोड बजेटको व्यवस्था गरेको छ । यो अनुसन्धानको कार्यमा जो सुकै पनि सहभागि हुन पाइन्छ ।

    कलेजहरूमा विद्यार्थीको सङ्ख्या घट्नु ठुलो विडम्बना हो । युवा शक्तिहरूलाई स्वदेशमै राख्ने विषयमा व्यापक छलफल भएको छ ‚ तीनै तहको सरकारबाट यो विषमा पहल गर्न जरुरी छ । पड्न नजाऊ भन्ने हैन तर विदेशमा गएर शिक्षा हासिल गरिसकेपछि स्वदेश फर्कने वातावरण बनाउन जरुरी छ ।

    हामिले श्रमलाई चिन्न सकेनौ ‚ विदेशमा गएर भाँडा माझ्न ‚ बाथरुम सफा गर्न पनि तयार तर आफ्नो देशमा सानोतिनो काम गर्न तयार छैनन् । ठगेर ‚ चोरेर खाएको हैननी ‚ काम गर्दैमा लजाउनु पर्ने कारणै छैन । बागमती प्रदेश सरकारले गृहेणी महिलाहरूका लागि उद्यमी बनाउने तयारी गर्दैछ । स्थानीय तह माफर्त गृहेणी महिलाहरूलाई तालिमको व्यवस्था गरेर उद्योगी बनाउने तयारीमा प्रदेश सरकार अगाडि बढेको छ । सर्वमङ्गला क्याम्पसको लागि प्राथमिकता दिन्छु के कति भन्ने विषयमा अहिल्यै भन्दिन आवश्यकताको आधारमा बजेटको व्यवस्था गर्ने छु । मन्त्री खड्गीले भन्नुभयो ।

    कार्यक्रममा बागमती प्रदेश सांसद रुकु चौलागाइँले हामी पनि यसै विद्यालयमा पडेका विद्यार्थी हौं त्यसैले विद्यालयको हितको लागि कार्य गर्न तयार रहेको बताउनु भयो । सामाजिक क्षेत्रमा कार्य गर्ने व्यक्तित्वहरू सङ्कुचित हुनु हुँदैन । फराकिलो घेराबाट कार्य गरेमा सफल हुनेमा शङ्का छैन । राजनीतिक दृष्टिकोणले हेर्ने जुन खालको हाम्रो मानसिकता छ त्यसलाई त्याग्नु पर्छ । विचार सबैको आ— आफ्नै हुन्छ तर विकास निर्माण कार्यमा सबै राजनीतिक दलहरू एकै ठाउँमा हुन जरुरी रहन्छ । समृद्ध पाँचखाल पाँचखाल बनाउने हो भने कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन सबैखाले विचारलाई समेटेर अगाडि बढ्न जरुरी रहन्छ । सांसद चौलागाइँले भन्नुभयो ।

    सर्वमङ्गला बहुमुखी क्याम्पस व्यवस्थापक समितिका अध्यक्ष डा. सुधार अधिकारीको सभापतित्वमा सम्पन्न १९ औं वाषिर्कोत्सव तथा दाताहरूलाई सम्मान कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सुर्य मायाँ दनुवार ‚पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ क्याम्पस प्रमुख केशव प्रसाद काफ्ले ‚ शिक्षा सेवी रामशरण लुँइटेल ‚ क्याम्पसमा अक्षयकोष व्यवस्थापक एवं दाता तारा बहादुर कुँवर ‚ डोरेन्द्र राज सापकोटा लगायतका वक्ताहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

    सर्वोत्तम गिरि द्वारा सञ्चालित साथै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रबिन्द्र सिपखान बाट स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालन तथा जग्गा खरिदमा आर्थिक सहयोग गने दाताहरूलाई सम्मान गरिएको थियो । क्याम्पसको जग्गा खरिदको लागि ६ लाख आर्थिक सहयोग गर्ने ज्ञानबहादुर थापालाई संरक्षक सदस्यको अभिलेखीकरण सहित सम्मान गरिएको थियो । त्यसैगरी सम्पूर्ण दाताहरूलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार