२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पाँचखाल नगरको बार्षिक समिक्षा सम्पन्न , ४८ सय विद्यार्थी अध्ययन गर्न ३४ विद्यालय चाहिन्न—रेग्मी


३२५१ पाठक संख्या
  • २०८१ मंसिर १, शनिबार मा प्रकाशित ४ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरिको रुपमा परिचित पाँचखाल नगरको ०८०/०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    पाँचखाल नगरको कार्यबाहक प्रमुख सुर्य माया दनुवारको अध्यक्षतामा सम्पन्न उक्त समिक्षा कार्यक्रममा शाखागत तथा वडागत प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । नगरका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तमाङ साथै नगरका वडा अध्यक्षहरु , वडा सचिवहरु , नगरका प्रमुख प्रशासकिय अधिकृत अच्यूत राज रेग्मी समेत कर्मचारीहरु , सञ्चारकर्मी साथै सरोकारवालाहरुको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा लेखा शाखा प्रमुख हेम प्रसाद मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी योजना शाखा प्रमुख कल्याण सुवेदी , प्रशासन शाखाबाट सुविता ढुंगाना , प्राविधिक शाखाबाट गौतम पराजुली , शिक्षा शाखाबाट उदय कोइराला , स्वास्थ्य शाखाबाट बिष्णु गौतम , महिला तथा बालवालिका शाखाबाट तारा राउत , कृषि शाखाबाट हेमन्त पौडेल , पशुविकास शाखाबाट डा.सुरज श्रेष्ठ , बन वातावरण तथा विपद व्यवस्थापन शाखाबाट गणेश प्रसाद खरेल , कानुन तथा न्यायिक समितिबाट उषा रेग्मी , राजश्व शाखाबाट लोक कुमारी लुंइटेल , सामाजिक सुरक्षा शाखाबाट सुनमायाँ थपलिया , आयुर्वेद शाखाबाट मुना आचार्य , उद्यम विकास शाखाबाट भवानी न्यौपाने , वडा नं १३ का वडा सचिव श्रीराम महतो लगायतका व्यक्तित्वहरुले आ—आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    नगरका प्रमुख प्रशासकिय अधिकृत अच्यूत राज रेग्मीले ४ हजार ८ सय विद्यार्थी अध्ययन गर्नको लागि ३४ विद्यालय नचाहिने बनाउनु भयो । शिक्षाको गुणस्तरमा कमी नभएको भए पाँचखालको विद्यार्थी अन्यत्र अध्ययन गर्न जाने थिएनन् । १ जना विद्यार्थीको लागि राज्यले ५० हजार लगानि गरेको छ तर लगानी अनुसारको गुणस्तरता नहुदा समस्या भयो । प्रमुख प्रशासकिय अधिकृत रेग्मीले भन्नुभयो ।

    प्रस्तुत प्रतिवेदनहरुका बिषयमा सहभागिहरुले बिभिन्न सुझावहरु दिनुभएको थियो । बिषेश गरेर वडा अध्यक्षहरुले विकास निर्माण कार्या वजेट ढिलो निकासा हुँदा अशार मसान्तको हतारोमा काम गराउदा गुणस्तरीय नहुनाको साथै निर्माण सम्पन्न हुदा नहुदै बर्षातले बगाउने गुनासो गर्नुभएको थियो । त्यसैगरी करारका कर्मचारीलाई नगरपालिकाले दिने सेवा सुबिधामा करदाताहरुको ध्यान केन्द्रित हुदै हामिले तिरेको करको दुरुपयोग भएको भन्ने गुनासो आएकोले सो सेवा सुबिधामा पुनरविचार गर्न सुझाव । नगरमा रहेको सवारीसाधनहरुको दुरुपयोग गर्दै इन्धनमा खर्च वडि भएकोले चिन्ता व्यक्त । विगतमा जस्तो घाटा बजेट बनाएर कितावमा मात्रै सिमित योजना आगामि दिनमा हुन नहुने सुझाव । नगरपालिका घोषणा भएको १० बर्षसम्म नगरपालिकाको यथार्थ नक्सा नबनेकोमा दुखेसो ।

    प्रतिवेदनको बिषयमा प्रािवधिकको तर्फबाट नगरपालिका भित्रको रणनीतिक योजनाहरुमा निरन्तर रुपमा बजेट बिनियोजन नहुदा समस्या रहेको वताउनु भएको छ । त्यसैगरी प्राबिधिक शाखामा दक्ष कर्मचारीको अभावमा काम गर्न कठिनाई साथै बजेट कितावमा विनियोजन भएको कार्यहरु कितावमै मात्रै सिमित हुन नहुने सुभाव दिनुभएको थियो । दक्ष कर्मचारीको अभावमा भन्ने बित्तिकै सेवा प्रान गर्न नसकेको वताउनु भयो । त्यसैगरी शिक्षा तर्फ पाँचखालमा रहेका सामुदायिक विद्यालयहरु ३८ बाट घटाएर ३४ काएम गरिएको छ । आगामि दिनहरुमा थप विद्यालयहरु मर्ज नगरे विद्यार्थिभन्दा शिक्षक संख्या बडी हुने तर्क प्रस्तुत गर्नुभयो ।

    समिक्षा कार्यक्रममा स्वास्थ्य शाखाको तर्फबाट सवै खाले औषधिहरु निःशुल्क नहुने हुदा खरिद गर्नुपर्ने औषधिहरुका लागि नगरको तर्फबाट फार्मेसी सञ्चालन गर्नुपर्ने बताउनु भयो । कृषि नगरीको रुपमा अगाडि बढेको नगरमा आइ.पि.एम तरिकाले तरकारी उत्पादन हुनु सकारात्मक कार्य हो । आई.पि.एम तरिकाले खेतिगर्ने कृषकहरुको हौसलाको लागि नगरको तर्फबाट ध्यान दिन सुझाव ।

    पाँचखालमा रहेका ५४ सामुदायिक बनहरुमा फलफुलका विरुवा रोपिनु सकारात्कम कार्य हो तर रोपिएको विरुवाको अवस्थाको बारेमा ध्यान नदिदा एउटा सामाुदायिक बनबाट १ करोड आम्दानि गर्ने लक्ष पुर्ण नहन सक्छ भन्ने सुझाव प्रस्तुत भएको थियो । नगरमा घरभाडा कर नतिरेको गुनासो आउंदै गर्दा सो बिषयमा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत भएको थियो । सुबिधा सम्पन्न पाँचखाल नगरमा अन्यत्रबाट बसाई आउनेको संख्या भन्दा अन्यत्र बसाई सराई जानेको संख्या वढि हुनाको कारण पहिचान गर्नुपर्ने सहभागिहरुको सुझाव थियो ।

    समिक्षा कार्यक्रमको समापन गर्दै नगर कार्यबाहक प्रमुख सुर्य माया दनुवारले समिक्षा कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिने बताउनु भयो । नगरको सवारी साधन दुरुपयोग भयो भन्ने छ सो बिषयमा अध्ययन गरी दुरुपयोग भएको हो भने नियन्त्रण गर्ने बताउनु भयो । समिक्षा कार्यक्रममा अवसर , चुनौती साथै आगामी कार्ययोजनाको बारेमा सुझावहरु आएका छन् त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार