काभ्रेपलाञ्चोक । मुलुकमा गणतन्त्र प्राप्तिका लागि योगदान पु¥याउने योद्धाहरुलाई काठमाडौको राष्ट्रिय नाचघर जमलमा बिशेष कार्यक्रमका विचमा सम्मान गरिने भएको छ ।
मंसिर ९ गतेका लागि तय गरिएको उक्त कार्यक्रम बिशेष कारणले स्थगित भएकोले मंसिर १९ गते दिउसो १२ः१० मा गरिने भएको आयोजक पक्षले जानकारी गराएको छ । इतिहास देखी बर्तमानसम्म गणतन्त्र प्राप्तीकालागि शसस्त्र संघर्षको अग्रमोर्चामा सहभागि भएर योगदानदिने गणतन्त्र योद्धाहरुलाई सम्मान गर्ने मुख्य उद्धेश्य राखेर स्थापित गणतन्त्र सेनानी कोषको तर्फबाट सम्मान गर्न लागिएको हो ।
मुलुकमा गणतन्त्र प्रप्ति पछिको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सो सम्मान कार्यक्रम हुदैछ । नेपालमा गणतन्त्रको सपना २००७ साल र त्यसअघि र पछी भएका सानाठुला शसस्त्र प्रयासहरुमा स्पष्ट झल्किएतापनि ती सबै शहीद एवं योद्धाहरुको संघीय गणतन्त्र नेपालको सपनालाइ शाकार पार्ने कार्य २०५२ सालफागुन १ गते शुरु भएको शसस्त्र जनयुद्ध, त्यस आधारमा श्रृजना भएको ६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलनले गरेको हो ।
गणतनन्त्र सेनानी कोषले क्रमसः इतिहास देखी बर्तमान सम्मका योद्धाहरुलाइ सम्मानगर्दै उनीहरुको योगदानलाइ स्थापित गर्ने भएको छ । यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरुप कोषले गणतन्त्र नायकका रुपमा जनयुद्धका सर्बोच्च कमाण्डर तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्नेछ ।
त्यसैगरी जनमुक्ति सेनाका डेपुटी कमाण्डर एवं पूर्व सम्माननीय उपराष्ट्रपती नन्दकिशोर पुन पासाङ, डेपुटी कमाण्डरहरु पूर्व अर्थ एवं उर्जा मन्त्री बर्षमान पुन अनन्त, पूर्व अर्थ,गृह एवं उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर र पूर्व कृषि मन्त्री चन्द ्रप्रकाश खनाल बलदेव लाई गणतन्त्र कमाण्डरको रुपमा सम्मान गर्नेछ । त्यसैगरी यसपटक तोकिएको मापदण्ड भित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिनेछ ।
सम्मान ताम्रापत्र, दोसल्ला र योद्धाहरुको प्रतिक स्वरुप निर्मित पदकबाट गरिनेछ । कोषले यसपछीका सम्मान कार्यक्रमहरुलाई व्यवस्थित गर्दै देशव्यापी गणतन्त्र योद्धाहरुको खोजी, सम्मान एवं उनीहरुको योगदानलाई लिपिवद्ध गर्दै जाने प्रकृयालाइ समेत नीरन्तरता दिने गराईएको छ ।
प्रतिक्रिया दिनुहोस