२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

प्रथम काभ्रे एन प्याब्सन म्याराथन २०८१ सम्पन्न


१७९५ पाठक संख्या
  • २०८१ पौष ७, आईतबार मा प्रकाशित ५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डे वेसिमा रहेको ग्रामीण पाठशालाको आयोजनामा प्रथम काभ्रे एन प्यापब्सन म्याराथन २०८१ सम्पन्न भएको छ ।

    “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको प्रथम काभ्रे एन प्यापब्सन म्याराथन २०८१ सम्पन्न भएको हो ।

    उक्त प्रतियोगितामा ग्रामीण पाठशाला, New Model Academy,  पनौती बोर्डिङ स्कुल, सेन्टलम एल्वम एकेडेमी, उग्रचण्डी बोर्डिङ स्कुल लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागि भएका थिए । प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो । जसका कारण विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता जनाएका थिए ।

    नमोबुद्ध नगरपालिकाका मेयर कुन्सान लामाले म्याराथनको उद्घाटन गर्दै खेलकुदले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई बलियो बनाउने बताउनु भयो । उहाँले थप्नुभयो यस्ता कार्यक्रमले युवा पुस्तामा सकारात्मक प्रभाव पार्नेछ ।
    कार्यक्रममा एन प्याबसनका अध्यक्ष अग्नि ज्ञवालीले प्रतियोगिताको महत्त्व र यसले ग्रामीण क्षेत्रमा खेलकुद संस्कृतिको विकासमा पु¥याउने योगदानबारे चर्चा गर्दै आगामी दिनमाहरूमा पनि यसलाई निरन्तरता दिने कुरा व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको आतिथ्य लक्ष्मी सनराइज बैंक भकुण्डेबेशीका शाखा प्रमुख सुमन मानन्धर र भकुण्डे प्रहरी चौकीका प्रमुखले गर्नुभएको थियो ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै छात्रतर्फ युनिस थापा मगर प्रथम स्थान हासिल गरेका छन् । उनले आफ्नो उत्कृष्ट दौड शैली र आत्मविश्वासका साथ निर्धारित दूरी सबैभन्दा छिटो पूरा गरे । रोहित अधिकारी दोस्रो स्थान र समिर गिरी तेस्रो स्थान प्राप्त गर्न सफल भए । यसैगरी छात्रातर्फ सिमरन महतो प्रथम, एन्जेल तिमल्सिना दोस्रो र सुस्मिता तामाङ तेस्रो स्थान हासिल गर्न सफल रहे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सबै विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

    प्रतियोगिताले स्थानीय विद्यार्थीहरूमा मात्र नभई अभिभावक र विद्यालयका शिक्षकहरूमा पनि उत्साह थपेको छ । ग्रामीण पाठशालाले यस कार्यक्रमलाई व्यवस्थित गर्न उत्कृष्ट योजना लागू गरेको थियो । कार्यक्रमका दौरान नेपाल प्रहरी , स्वास्थ्यकर्मी र स्थानीय समुदायको उल्लेखनीय साथ र समर्थन पनि देखिएको थियो ।
    कार्यक्रमका अन्त्यमा अध्यक्ष अग्नि ज्ञवालीले म्याराथनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसैगरी आयोजक ग्रामीण पाठशालाका संस्थापक बिदुर भण्डारीले यस कार्यक्रममा सहजीकरण गरिदिनुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै आगामी वर्षमा यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु