२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

आर्थिक विकास मित्रको अर्ध वाषिर्क समीक्षा सम्पन्न‚ संस्थाको आन्तरिक अवस्था निकै सवल पाय —प्रमुख अतिथि तामाङ


३७४५ पाठक संख्या
  • २०८१ माघ १७, बिहिबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका प्रधान कार्यालय रहि काभ्रे जिल्लाभर संस्थाको कार्य क्षेत्र गरि विगत २० वर्ष अगाडि स्थापना भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले २०८१/८२ को अर्ध वाषिर्क समीक्षा बैठक सम्पन्न भएको छ ।

    अर्ध वाषिर्क समीक्षा बैठकको उद्‌घाटन गर्दै पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङले आफ्नो वडामा मुख्य कार्यालय रहेर सञ्चालन भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था पाँचखालको मात्रै नभएर जिल्लाकै अब्बल रहेको बताउनु भयो ।

    समीक्षा बैठकमा आफू सहभागि हुदै गर्दा संस्थाको आन्तरिक आय व्यय विवरणको साथै संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदान समेत अध्ययन गर्ने अवसर दिएकोमा प्रमुख अतिथि तामाङले खुसी व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो संस्थाको आन्तरिक अवस्था मैले सोचे भन्दा धेरै राम्रो रहेछ । संस्था नीति‚ विधि र पद्धति साथै संस्थाको उद्देश्यलाई पूर्ण रूपले पालना गर्दै अगाडि बढेको खुसी व्यक्त गर्दै  संस्थाले सदस्यहरूलाई आर्थिक कारोबारमा मात्र नभई सदस्यहरूको स्वास्थ्य तथा जन्म देखि मृत्यु पर्यन्त राहत लगायतका कार्यक्रम गरी सदस्यहरूलाई सक्रिय राखेको र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समेत अग्रणी रहेको बताउनु भयो ।

    आज (विहिवार) सम्पन्न समीक्षा बैठकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको आ.व २०८१/८२ पौष मसान्त सम्मको स्थिति विवरण सहित संस्थाको रणनैतिक योजना प्रस्तुत गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत अधिकारीले राख्नुभएको प्रस्तुतिकरणमा छलफल भएको थियो । कार्यक्रममा भएका जिज्ञासाका सम्बन्धमा संस्थागत राय राख्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले विद्यमान सहकारी सम्बन्धी समस्याका असर लगायत कानुनी जटिलता र ऐनमा आएका परिवर्तनमा विषयमा धारणा राख्नु भएको थियो ।

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार इस्वरी राज कुमार मैनाली ‚ निवर्तमान अध्यक्ष एवं सल्लाहकार सरोज सापकोटा ‚ लेखा तथा सुपरीवेक्षण समिति संयोजक बद्रि प्रसाद आचार्य ‚संस्थाका सल्लाहकार रामशरण लुइटेल ‚ कुन्ता सेवा केन्द्र सदस्य गोविन्द प्रसाद नेपाल ‚ संस्थाका स्वास्थ्य संयोजक वेला लामा लगायतले संस्थाले हासिल गरेको उपलब्धि प्रति खुसी व्यक्त गर्दै थप उपलब्धिको लागि आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    संस्थाका सचिव राम प्रसाद कोइरालाले संचालन गर्नुभएको कार्यक्रमको शभापतित्व संस्थाका अध्यक्ष बाबुकाजी पराजुली ले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु‚ संचालक समिति‚ लेखा सुपरीवेक्षण समिति‚ सेवा केन्द्र व्यवस्थापन समिति‚ विभिन्न उप समितिहरु तथा व्यवस्थापन/कर्मचारीहरु को उपस्थिती रहेको कार्यक्रममा संस्थाका संचालक सदस्य विष्णु प्रसाद पराजुलीले शहभागीहरुमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले संस्थाले सदस्य बृद्धि ‚ पुँजी परिचालन‚ सदस्य सक्रियता तथा सदस्य सुरक्षा र हेरचाहका विषयमा भए गरेका कार्यक्रमहरुको समीक्षा गर्दैै आगामी योजना तथा बजेटमा विषयमा सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु