काभ्रेपलाञ्चोक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले १२३ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले पार्टीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी गराउनु भयो । १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ ।
प्रतिक्रिया दिनुहोस