२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

एउटै मिडियाले एक अरब ५० करोड सम्मको विज्ञापन पाएका छन्— बाँस्कोटा


४९४१ पाठक संख्या
  • २०८१ माघ २२, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक /नेकपा एमाले पोलिटब्युरो सदस्य‚ पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री साथै संघिय सांसद गोकुल बाँस्कोटाले प्रेस चौतारी नेपाल वैज्ञानिक समाजवादी धारको रुपमा गठन भएको बताउनु भयो ।

    प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस एवं आठौँ जिल्ला अधिवेशनको मङ्गलवार बनेपामा उद्घाटन गर्दै प्रमुख अतिथि बाँस्कोटाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँसकोटाले थप्नुभयो—म यस संस्थाको संस्थापक समेत नाताले भन्नुपर्दा पे्रस चौतारी नेपाल पार्टीको जनसङ्गठनको रुपमा आवद्ध हुनेगरि गठन भएको थिएन । पत्रकारहरूको सङ्गठनको रुपमा २०४९ सालमा गठन भएको प्रेस युनियन चाहिँ ट्रेड युनियन अन्तरगत अगाडि बढेको थियो । पछिल्लो समयमा आएर प्रेस चौतारी नेपाल पार्टीको जन सङ्गठनको रुपमा अगाडि बढ्यो ।प्रेस चौतारी नेपाल स्थापना हुदै गर्दा जुन स्वतन्त्र ढङ्गबाट अगाडि बढेको थियो सोही ढङ्गबाट निरन्तर रुपमा अगाडि बढेको भए अझ राम्रो हुने थियो ।

    वैज्ञानिक समाजवाद साथै स्वतन्त्र पे्रसको पक्षमा दृढताको पक्षमा उभिरहन सकोस् ‚ व्यवसायिक पक्ष स्वतन्त्र र सम्बृद्द प्रेस राजनीतिक दृष्टिकोणमा सामीप्यताका ढङ्गबाट अगाडि बढ्दै साझा संस्थाको रुपमा स्थापित गर्दै चौतारी नामकरण गरिएको हो । जव नेपालमा प्रेसको सुरुवात भयो सो समयमा विकुल फुक्नेको लागि समेत चौतारो आवश्यक हन्थ्यो सोही अनुसार प्रेस चौतारी नेपाल नामकरण गरियो । हामिले विज्ञापनको लागि कानुन बनाएर समानुपातिक ढङ्गबाट विज्ञापन उपलब्ध गराउनु पर्दछ भन्ने विषयमा प्रयास गरियो र गर्दै छौं । समानुपातिक ढङ्गको विज्ञापन लागू गर्न सकियो भने मिडियाहरू बच्छन् र निष्पक्ष समाचार लेख्छन् । बाँस्कोटाले भन्नुभयो ।

    मसँग भएको अनुभवको आधारमा करिव करिव ६ अर्वको सरकारी विज्ञापन रहेको छ तर समानुपातिक ढङ्गबाट वितरण भएको छैन । एउटै मिडियाले एक अर्ब ५० करोड सम्मको विज्ञापन पाएका छन् । कुनैले एकले एक अरबको हाराहारीमा ‚ अर्कोले ५८ करोड ‚ कसैकसैले १० /२० करोड पाएको भने कतिपयले सुकासातआना समेत पाएको छैन । ठुलो माछाले मासुमाछा खान्छ भनेझैँ ठूला मिडियाले सानालाई निलेका छन् । यस्तो समस्यालाई अध्ययन गर्दै गर्दा श्रमजीवी कानुन बनाउन जरुरी छ । लोकतन्त्रमा जबसम्म आर्थिक स्वतन्त्रता हुदैन तबसम्म नेपाली प्रेस स्वतन्त्रता हुदैन । बाँस्कोटाले बताउनुभयो ।

    प्रेस चौतारी नेपाल काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल ‚ प्रेस चौतारी नेपालका केन्द्रिय पूर्व उपाध्यक्ष बिस्वमणी सुवेडी ‚ प्रेस चौतारी नेपाल बागमती प्रदेश इन्चार्ज बिस्नु तारुखे ‚ प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं पत्रकार महासङ्घ वागमती प्रदेश उपाध्यक्ष हरि हुमागाइ‚ प्रेस चौतारी नेपाल काभ्रे शाखाका इञ्चार्ज श्याम सापकोटा ‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी‚ प्रेस सेन्टर नेपाल काभे्रका अध्यक्ष राम प्रसाद ढकाल लगायतका बक्कताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाललाई सहयोग गर्ने बिभिन्न संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी हालै सम्पन्न नेपाल पत्रकार महांसंघ काभ्रे शाखाको निर्वाचनमा निर्वाचित हुनेहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन प्रेस चौतारी काभ्रेका सचिव जगत लामाले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु