२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

पाँचखालमा अवैध हतियार सहित मानिस पक्राऊ


१०२१९ पाठक संख्या
  • २०८१ फागुन १, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १ ठाँटी गैरी टोलमा समयमा खाना नपकाएको भन्दै बन्दुक बोकेर मार्छु भन्दै श्रीमतीलाई लखेटेपछि पाँचखाल पहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।

    पाँचखाल वडा नं १ ठाँटी स्थाई बसोवास गर्ने सन्त बहादुर तमाङ र उनको बुवा मङ्गल बहादुर तमाङ समेतले मङ्गल बहादुर तामाङको श्रीमतीलाई मार्छु भन्दै लोड भएको भरुवा बन्दुक समेत साथमा लिई लखेटेका थिए ।

    आफ्नो ज्यान जोगाउन भाग्दै गरेकी मङ्गल बहादुरको श्रीमतीले हार गुहार गरेको सुनी स्थानीयले पाँचखाल प्रहरीलाई खबर गरेका थिए । पाँचखाल प्रहरी चौकीबाट प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार