काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल ४ मा प्रधान कार्यालय रहि काभ्रेपलाञ्चोक जिल्ला भरी कार्यक्षेत्र रहेर शेयर सदस्यको हितको साथै सामाजिक कार्यमा समेत निरन्तर रुपमा अगाडि बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका बिभिन्न विद्यालयलाई सहभागि गराई एकै पटक तीन स्थानमा बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
“ ग्रामीण अर्थतन्त्र विकासमा सहकारीको भूमिका “ विषयमा बक्तृत्वकला प्रतियोगिता जिल्लाको तीन स्थान पाँचखाल ‚ बनेपा र कुन्तामा आयोजना गरी विद्यार्थीहरूलाई अर्थतन्त्रको आवश्यकता ‚ महत्व र सो विषयमा आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको भूमिकाको विषयमा जानकारी गराइएको थियो । सो मावि स्तरीय कार्यक्रममा तीन स्थानमा गरी ३३ विद्यालयहरू सहभागि रहेका थिए । कार्यक्रमले विद्यार्थीहरूको ज्ञान र सीपको बारेमा हौसला गराउनाको साथै सहकारीको सबल पक्षको विषयमा बुझ्ने अवसर मिलेको थियो ।
सामाजिक हितमा विभिन्न कार्यहरू गर्दै जाने संस्थाको बाषिर्क कार्ययोजना अनुसार पाँचखाल शिक्षा शाखा संगको समन्वयमा संस्थाको कार्यक्षेत्र भित्रका माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हरूलाई लक्षित गरि अन्तर विद्यालय खुला बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । जस अनुसार संस्थाको प्रधान कार्यालय रहेको वडामा रहेको पाँचखाल भ्याली सेकेण्डरी विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । पाँचखालमा सम्पन्न उक्त कार्यक्रममा नगर भित्र सञ्चालनमा रहेका विद्यालयहरू मध्ये १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको शभापतित्वमा सम्पन्न कार्यक्रम मा पाँचखाल वडा न ४ का वडा अध्यक्ष सुन्दर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक बिष्णु प्रसाद पराजुली ‚ लेखा समिति सदस्य डि बि एडि‚ पाँचखाल नगरपालिका प्रतिनिधि सुबिता ढुङ्गाना ‚ विषयविज्ञ हरि प्रसाद भण्डारी ‚ संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका आर्थिक /प्रशासन विभाग प्रमुख मनुप सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका ऋण विभाग प्रमुख रघुनाथ पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि सुन्दर तामाङले पानसमा दिप प्रज्ज्वलन गर्दै कार्यक्रमको सफलताको शुभकामना सहित कार्यक्रमको उद्धाटन गर्नु भएको थियो । प्रतियोगितामा महाकाल मा.बि कि छात्रा समीक्षा सापकोटा प्रथम ‚ आजाद मा.बि कि छात्रा मेलिना श्रेष्ठ द्वितीय ‚ पाँचखाल भ्याली सेकेण्डरी कि छात्रा कृति लामिछाने तृतीय र जनता मा.बि कि छात्रा मनिषा तामाङले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
त्यसैगरी बनेपा नगर भित्र सञ्चालनमा रहेका मध्ये १० वटा विद्यालयको सहभागितामा बनेपा नगरपालिका हलमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । संस्थाका बनेपा सेवाकेन्द्र ब्यबस्थापन समिति संयोजक श्यामसुन्दर चौलागाईंको शभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगर उप प्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका संचालक समिति सदस्य बेला लामा‚ बिजया कोइराला ‚ शिक्षा तथा तालिम उपसमिति सदस्य केदार प्रसाद घिमिरे ‚ सेवा केन्द्र ब्यबस्थापन समिति सदस्य ठाकुर प्रसाद घिमिरे‚ मदन ढुंगाना ‚ सल्लाहकार एवं बिषय बिज्ञ सत्यवती भट्टराई लगायतको आतिथ्यता रहेको थियो । संस्थाका बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि बनेपा नगर उप प्रमुख बिमला सापकोटाले कार्यक्रमको सफलताको शुभकामना सहित कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा चण्डेश्वरी सृष्टिकान्त मा.बि कि छात्रा गरिमा अधिकारी प्रथम ‚ शुभ चामुण्डा मा.बि कि छात्रा आशिका तिमल्सिना द्वितीय ‚ शिक्षा सदन मा.बि कि छात्रा बिनिषा गौतम तृतीय र श्वेत बाराह मा.बि कि छात्रा स्मृति घिमिरेले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
त्यसैगरी कुन्ता सेवा केन्द्रमा सम्पन्न कार्यक्रममा मण्डनदेउपुर नगर भित्र संचालनमा रहेका विद्यालयहरू मध्ये ११ वटा विद्यालयको सहभागितामा डेडिथुम्का मा.बिमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष जान्दवी अधिकारीको शभापतित्वमा सप्पन्न कार्यक्रममा मण्डनदेउपुर वडा न ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कुन्ता सेवा केन्द्र ब्यबस्थापन समिति संयोजक रामेश्वर सापकोटा ‚ मण्डनदेउपुर नगरपालिका प्रतिनिधि रामचन्द्र बजगाइ ‚ बिषय बिज्ञ बैकुण्ठ प्रसाद न्यौपाने‚ टीका बहादुर काफ्ले लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव राम प्रसाद कोइरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि विष्णु प्रसाद पौडेलले कार्यक्रमको सफलताको शुभकामना सहित कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा डेडिथुम्का मा.बि कि छात्रा रोशनी रम्तेल प्रथम ‚ बालुवा मा.बि कि छात्रा प्रकृति ढकाल द्वितीय ‚ चण्डेनी मा.बि कि छात्रा सदिक्षा खनाल तृतीय र विज्डम एकेडेमी कि छात्रा रचना दुलाल ले सान्त्वना स्थान हासिल गर्नु भएको थियो । बिजेता विद्यार्थीहरुलाइ क्रमश: रु ५००० ‚ रु ३००० ‚ रु २००० र रु १००० नगद पुरस्कार सहित सम्झनाको चिनो प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस