२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

जापानिज विश्वविद्यालयका विद्यार्थीहरू पाँचखालमा


२८०९ पाठक संख्या
  • २०८१ फागुन १३, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । विगत ३२ बर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा केन्द्रिय कार्यालय राखि सामाजिक , कृषि ,पशु ,वन तथा विकास निर्माण कार्यमा ठुलो योगदान पुर्याउंदै आएको लवग्रीन नेपाल नामक संस्थाको समन्वयमा जापान स्थित तोयो विश्वविद्यालयका २३ जना विद्यार्थीहरूर दुई जना प्रधानाध्याप समेतको टोलिले पाँचखाल नगरका मेयर महेश खरेलसंग भेट वार्ता गरेको छ ।

    नगर प्रमुख खरेलसंग पाँचखाल गरपालिकाले सामाज कल्याण र आर्थिक विकासको क्षेत्रमा गरेका प्रयासहरूको बारेमा छलफल भएको थियो । पाँचखालको सामाजिक आर्थिक विकासको अध्ययनका लागि पाँचखालमा आएका उनीहरू लवग्रीन नेपाल पाँचखाल नगरपालिका वडा नं. २ स्थित दिगो कृषि प्रवद्र्धन केन्द्रमा ३ दिन सम्म रही समाजका विभिन्न विधामा अध्ययन गर्ने छन् । उक्त विद्यार्थी तथा प्रधानाध्यापकहरूसंग नगर प्रमुख महेश खरेलले अन्तक्र्रिया गरी नगरले गरेका सामाजिक, आर्थिक क्रियाकलापहरूका बारेमा जानकारी गराउनु गराउनु भएको थियो ।

    पाँचखाल नगरपालिकाले महिला हिंसाविरुद्घ गरेका प्रयास, क्यान्सर जाँच, शारीरिक अपाङ्गहरूलाई ह्वीलचियर वितरण, घरेलु, मदिरा नियन्त्रण, आँखाजाँच, गर्भिणी महिलाहरूलाई जाँच, जेष्ठ नागरिकहरूलाई निःशुल्क दाँत उपलब्ध गराउने जस्ता आदि सामाजिक कार्यहरू गरिरहेको बताउनु भयो । पाँचखाल नगरपलिका व्यवसायिक कृषिक्षेत्र भएकोले यहाँ उत्पादनमा विविधिकरण गर्दै रासायनिक मल र विषादीको प्रयोगमा न्यूनीकरण गरिदै आएको कृषि र पशुपालन व्यवसाय नै यहाँको मुख्य आम्दानी भएकको जानकारी गराउनु भयो ।

    नगर प्रमुखले पाँचखाल नगरपालिका काठमाडौंदेखि नजिकको शहर हो र यहाँ कृषिउत्पादन संगसंगै पर्यटनको प्रचुर संभावना छ । वहाँले यहाँहरू जस्तै अझ धेरै भन्दा धेरै जापनी विद्यार्थीहरू, पाहुनाहरू यहा आउनुस् वा पठाउनुस् हामी स्वागत गर्छौ । साथै यहाँ बसेर रमाउनुुस् सिक्नुस् र सिकाउनुस् भन्नुभयो । तोयो विश्वविद्यालयका प्रध्यापक ताकाहितो आगनो र जापानीज विद्यार्थीहरूले नेपालीहरूको सत्कार,राम्रो भावना र कडा परिश्रम देखेर आफुहरू प्रभावित भएको बताउनु भयो । त्यसैगरी लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले पाँचखाल र जापानको ५० औं वर्षदेखि सम्वन्ध रहेको, र जापानले यहाँका धेरै विद्यालय निर्माण, हरियाली विस्तार र कृषि उत्पादनमा विविधिकरण गर्न सहयोग पुर्याएको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार