२०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025

पाँचखालमा बजार अनुगमन ‚ उपभोक्ताको हितको लागि अखाद्य सामाग्री नष्ट ( विवरण सहित ) 


७६४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ फागुन २१, बुधबार मा प्रकाशित ६ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरको प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचित पाँचखाल नगर वडा नं ४ तामाघाट बजार अनुगमन भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको साहाएक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा भएको बजार अनुगमनमा कमीकमजोरी गर्ने व्यवसायीहरूलाई कारवाही गरेको छ ।

    सहायक प्रजिअ श्रेष्ठका नेतृत्वमा खाद्य प्रवधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेको प्रमुख मनीषा चापागाईँ ‚ जिल्ला प्रशासन कार्यालय काभ्रेको ना.सु नकुल गिरी ‚ जिल्ला समन्वय समिति काभ्रेको शाखा अधिकृत भरत सापकोटा ‚ उद्योग तथा वाणिज्य कार्यालय काभ्रेको लेखा अधिकृत रूपक हुमागाईँ ‚ पाँचखाल नगरपालिका कार्यालयका शाखा अधिकृत सन्तोष पौडेल ‚ उद्योग वाणिज्य सङ्घ पाँचखालका उपाध्यक्ष दिल बहादुर श्रेष्ठ ‚ प्रहरी चौकी पाँचखालका प्रतिनिधिहरू ‚ पाँचखाल नगर प्रहरी समेतको टोलीले बजार अनुगमन गर्दा उपभोग्य मिति सकिएको सामानहरू नष्ट गरिनाको साथै केही व्यवसायीहरूलाई जरिवाना समेत गरेको थियो ।

    बजार अनुगमनको क्रममा २२ पसलहरू अनुगमन गर्ने क्रममा धेरैजसो पसलहरूमा म्याद नाघेको पेय पदार्थहरू बिक्रीका लागि राखिएको पाइएकोले सो सामानहरू नष्ट गरेको खाद्य प्रवधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेको प्रमुख मनीषा चापागाँईले जानकारी गराउनुभयो । उहाँका अनुसार विभिन्न पसलहरूबाट म्याद नाघेका उपभोग गर्न अयोग्य ४८ हजारको सामानहरु नष्ट गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार बजारमा धेरै कमीकमजोरी गर्नेहरूलाई प्रथम पटकको लागि सामान्य चेताउनी स्वरुप जरिवाना गरिएको बताउनु भयो ।

    खाद्य प्रवधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख चापागाँईले थप्नुभयो —२२ पसल अनुगमन गर्दै गर्दा चार वटा पसललाई जरिवाना गर्नुपर्ने अवस्था हुँदा जरिवाना गरियो । जसमा सङ्गीता भुर्तेलको पसलबाट म्याद नाघेको सामान ४१५० को नष्ट गर्नुका साथै पाँच हजार जरिवाना ‚ जय श्री कृष्ण डेरी उद्योगबाट म्याद नाघेको (अर्पन ) दही ३१९५ को नष्ट ‚ जरिवाना १० हजार ‚ लक्ष्मी खुद्रा पसलबाट म्याद नाघेको सामान २९२४० को नष्ट ‚ जरिवाना पाँच हजार ‚ ज्येष्ठ फलफूल तथा किराना पसलबाट म्याद नाघेको सामान ३२०५ नष्ट ‚ जरिवाना पाँच हजार गरिएको थियो ।

    त्यसैगरी एन वि थ्रि पाँचखाल खाजा घरबाट खान अयोग्य १२०० सामान नष्ट ‚ न्यु जेनेरेसन किराना पसलबाट खान अयोग्य २६६० को सामान नष्ट ‚ होटल बिन्धवासिनी खाजाघरबाट ४५० को सामान नष्ट ‚ आर.एस. इन्टरप्राइजेजबाट ६०० को सामान नष्ट र अर्विना लामा खाजा घरबाट ३३०० को सामान नष्ट गरिएको जानकारी प्राप्त भएको छ । बजार अनुगमनको क्रममा धेरै जसो पसलमा रहेको पिय पदार्थको उपभोग्य मिति सकिएको पाईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार