२०८१ फागुन २७, मंगलबार | Tue, 11, Mar, 2025

कार चडेर हिड्नेकी भाडा माझ्ने ? मार्ग पहिचान गर्ने स्थान विद्यालय हो—खरेल‚ सर्वमङ्गला ६२ औं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न 


१३३९१ पाठक संख्या
  • २०८१ फागुन २२, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्‌घाटन गर्दै पाँचखाल नगरका मेयर महेश खरेलले विद्यार्थीहरूलाई अनुशासनको साथै नैतिक शिक्षामा जोडदिनुपर्ने सकेत गर्नुभयो । उहाँले थप्नुभयो—विद्यालयमा अध्ययन गर्ने छात्राहरूको सुरक्षा गर्नु शिक्षकहरूको कर्तव्य रहेको बताउनु भयो । “म आफैले कुनै विद्यालयको शिक्षकलाई प्रहरीको जिम्मा लगाएर कारवाही गरेको छु ‚ ।” कुनैपनि शिक्षकले छात्राहरूका नकारात्मक सोच राखेको पाएमा कारवाहीको भागेदारी हुनुपर्ने बताउनु भयो ।

    सर मेडम अभिभावक पछिको अभिभावक हो । त्यसैले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने अवस्था भनेको भविष्य निर्माण गर्नु हो ‚ भविष्यमा भाँडा माझ्ने हो या कार चेडर सुखसयल गर्ने हो सो कार्यको मार्गनिर्देश गर्ने ठाउँनै विद्यालय हो । नगर प्रमुख खरेलले भन्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दामोदर अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता वडा नं ८ को वडा अध्यक्ष एवं उज्यालो नेपालका अध्यक्ष ;संजय तामाङ ‚ पाँचखाल वडा नं ३ को वडा अध्यक्ष सुन्दर अधिकारी ‚ सर्वमङ्गला क्याम्पसका क्याम्पस प्रमुख केशव प्रसाद काफ्ले लगायतले सर्वमङ्गला माध्यमिक विद्यालयले पाँचखाल र आसपासको क्षेत्रमा शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै आगामी दिनमा सर्वमङ्गला माविले खेल्नुपर्ने भूमिकाको विषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    विद्यालयका सह—प्रधानाध्यापक सुवास ग्यानि मगरले स्वागत मन्तव्य राखी सुरुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो क्रममा विद्यालयले भावी दिनहरूमा अनुकरणीय कार्यगर्दै नमुना ढंगको शिक्षा प्रदान गर्ने योजना रहेको बताउनुभयो । विद्यालयमा ५८१ विद्यार्थीहरू अध्ययन गर्छन् उनीहरूलाई विद्यालय आउन सहज रहोस् भनी दुई विद्यालय बस सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको बताउनुभयो ।
    विद्यालयका शिक्षिका सत्यवती भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले रोचक ढंगको स्वागत गान गाएका थिए । कार्यक्रममा विद्यालयलाई जग्गा दान गर्ने व्यक्तिलाई सम्मान ‚ विद्यालयले सञ्चालन गरेको विभिन्न विधाका कार्यक्रममा सहभागि रहि उत्कृष्ट हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार