काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा बसोवास गर्ने स्थानीयको स्वास्थ्यमा कुनैपनि समस्या आउन नदिने उद्देश्यले एक महिने अभियान सञ्चालन गरेको छ ।
पाँचखाल नगरका प्रमुख महेश खरेलले नगरवासीको स्वास्थ्यमा कुनैपनि प्रकारको रोगले गर्दा नगरवासीमा जटिल समस्या आउन नदिनको लागि अभियान चलाउन निर्देशन दिनुभएको थियो । मेयर खरेलको निर्देशनको आधारमा बजेट विनियोजन गरि एक महिने अभियान सञ्चालन गरि नसर्ने रोगको पहिचान गर्नेको लागि बस्ती बस्तीमा उपकरण सहित प्राविधिकहरुको टोलीले परिक्षण गरेको थियो ।
नगरपालिकाको लक्ष अनुसार ३० वर्ष भन्दामाथि उमेरका नगरवासीको नसर्ने रोगको पहिचानको लागि उक्त अभियान चलाएको पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी दिनुभयो । नगरको लक्ष अनुसार अगाडि बढ्दै गर्दा क्षय रोगको परीक्षणको लागि थप योजनाको साथमा उपकरण सहितको शिविर समेत सञ्चालन गरेका छौँ । शाखा प्रमुख कार्कीले थप्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख कार्कीको अनुसार अभियानको क्रममा आज मङ्गलवार सम्म १६६९ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । परीक्षणको क्रममा उच्च रक्तचापको समस्या भएको २२७ जना रहेका छन् त्यसैगरी मधुमेह २१२ ‚ मिर्गौला ९२ ‚ स्वास्थ्य परीक्षणको क्रममा मोटोपनाको समेत समस्या भएको पाइएको छ । जसमध्ये २८८ जनको पाँचखालमा निःशुल्क उपचार गरिएको छ । १२६ जना मध्य केहीको थप परिक्षण गर्नुपर्ने भएकोले पाँचखाल प्राथमिक स्वात्य केन्द्रमा पठाइएको छ भने केहीलाई थक उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
पाँचखाल नगरपालिकाको बिभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी नगरवासीको स्वास्थ्य परिक्षण गरिएको थियो । नगरवासीको स्वास्थ्यमा कुनैपनि समस्या आउन नदिनको लागि बस्ती बस्तीमा पुगेर परिक्षण गरिएको थियो । पाँचखाल नगरपालिकाको तफर्बाट नसर्ने रोग परीक्षणको लागि ६ लाख ५० हजार विनियोजन गरिएको थियो । सो बजेटबाट प्रत्येक चौमासिक रुपमा परिक्षण गर्ने लक्ष लिइएको छ ।
त्यसैगरी पाँचखाल नगरवासीमा क्षय रोगको परिक्षण समेत गरिएको छ । पाँचखाल नगरपालिकाको आयोजना राष्ट्रिय क्षयरोग केन्द्र सानो ठिमी भक्तपुरको प्राविधिक सहयोगमा पाँचखाल वडा नं १ सृजना प्रा.वि (घुमाउने चौर) मा क्षयरोग सम्बन्धी एक्सरे सहितको सक्रिय खोजपडताल शिविर सञ्चालन गरिएको थियो । सो शिविरमा २१२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए सो मध्य २ जनामा क्षयरोगको लक्षण देखापरेको छ । त्यसैगरी ३४ जनाको थप परीक्षणको लागि खकार सङ्कलन गरि राष्ट्रिय टिबी परिक्षण केन्द्रमा पठाइएको जानकारी प्राप्त भएको छ । सो संकलित खकारको नतिजा आउन ४ दिन लाग्ने जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस