२०८१ चैत्र १०, आईतबार | Sun, 23, Mar, 2025

चैत्र १५ गते नेकपा माओवादीको एक लाख कार्यकर्ता सडकमा


५९८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र ८, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । संघिय लोकतान्त्रीक गणतन्त्रको विरुद्धमा केही तत्वहरू जुर्मुराएको र त्यस्ता तत्वरूको उछितो काट्दै नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त व्यवस्थाको रक्षाको लागि नेकपा (माओवादी केन्द्र) ले चैत्र १५ गते एक लाख कार्यकर्ता काठमाडौँको सडकमा उतार्ने तयारी गरेको छ ।

    व्यवस्थाको रक्षा साथै व्यवस्थाको विरुद्धमा चलखेल गर्ने तत्वहरूलाई खवर्दारिको लागि (माओवादी केन्द्र) ले पाटीको स्थानीय समितिहरूलाई सक्रिय बनाएको छ । सोही क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगर समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।

    विस्तारित बैठकको प्रमुख अतिथि नेकपा (माओवादी केन्द) केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज तेज बहादुर मिजारले लाखौं नेपालि जनताको त्याग तपस्या साथै हजारौंको बलिदानबाट प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्नु नेपाली जनताको कर्तव्य रहेको बताउनु भयो । उहाँले थप्नुभयो —सुशासन ‚ समृद्धि र विकासको मर्ग पहिल्याउँदै पुर्ण समानुपातिक ढङ्गबाट अगाडि बढ्ने पार्टीको सोचलाई नेपाली जनताले साथ दिनुपर्ने बताउनु भयो । बिरालो मौन बस्दा मुसाले चलखेल गर्नु नौलो हैन ‚ पछिल्लो समयमा केही मुसाहरू व्यवस्थाको विरुद्धमा सलबलाएका छन् तर विरालोहरुको सकृयताले मुसाको पत्तासाप हुनेमा कुनै शंका नरहेको बताउनु भयो । व्यवस्थाको संरक्षण साथै पुर्ण रुपमा व्यवहारमा उतार्नको लागि पाटीले तीन प्रकारको आन्दोलन ( सरकार ‚ सडक र सडक) लाई अघि सारेको छ सोही अनुसार चैत्र १५ गते काठमाडौँको सडकमा एक लाख जनता उतार्दै छौँ । प्रतिगमनकारीले निकै चुरीफुरी गरेमा हामी पुन लडाइ गर्न समेत पछि नपर्ने भन्दै काभ्रेबाट मात्रै ७ हजार जनताको चैत्र १५ मा काठमाडौँमा उपस्थिति रहने बताउनु भयो ।

    विस्तारित बैठकका विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्व संघिय सांसद गङ्गाबहादुर दोङ ( बमध्वज) ले व्यवस्थाको रक्षा गर्ने दायित्व नेकपा (माओवादी केन्द्र) मा लामबद्ध रहेका सम्पूर्ण साधारण सदस्यको रहेको बताउनु भयो । पाटीले हालै जारीगरेको निर्देशनलाई प्रस्तुत गर्दै व्यवस्था प्राप्तिको लागि पाटीले गरेको त्याग र कुर्वानिको संरक्षण गर्न उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

    नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर समितिका अध्यक्ष रमेश राज गिरीको सभापतित्वमा सम्पन्न उक्त विस्तारित बैठकमा बागमती प्रदेश समिति सदस्य द्वय आईत सिं तमाङ र मणिराज गौतम ‚ बागमती प्रदेश सल्लाहकार कान्छा राज गिरी ‚ जिल्ला सदस्यहरु नारायण ढकाल ‚ वद्री प्रसाद ढुंगाना ‚ झम्क प्रसाद गौतम ‚ यज्ञ वहादुर दर्जी ‚ विश्णु तमाङ ‚ रामगोपाल भुजेल ‚ जनप्रतिनिधिरु जय वहादुर तमाङ  ‚ शुरेस भुजेल ‚ बालकृष्ण रोक्का ‚ मछिन्द्र श्रेष्ठ ‚ मञ्जु कोइराला लगाएतको उपस्थिति रहेको थियो । पाँचखाल नगर समिति सचिव गोकुल गुरागाईले संचालन गर्नुभएको उक्त कार्यक्रमबाट पाँचखाल नगरवासिहरुलाई चैत्र १५ मा काडमाडौमा उपस्थितिको लागि घरघरमा निम्ता पत्र पठाउने निर्णय भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु