काठमाडौँ । काठमाडौँको कलंकीस्थित एलआरई स्कुल नजिकै दुई समूहबिच झडप भएको छ । झडपमा परेर एक जनाको मृत्यु भएको भएको छ । मृतकको पहिचान भएको छैन् ।
पुरानो विषयमा विवाद हुँदा झडप भएको बताइएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरु घटनास्थलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस