२०८१ चैत्र १८, सोमबार | Mon, 31, Mar, 2025

काभ्रे जिसस प्रमुखको मुद्दामा मिलापत्र


३९२७ पाठक संख्या
  • २०८१ चैत्र १४, बिहिबार मा प्रकाशित ४ दिन अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतम विरुद्ध काठमाडौँमा परेको जाहेरीमा मिलापत्र भएको छ ।

    ७ लाखको बैङ्किङ कसुर मुद्दा मिलापत्रमा टुङ्गिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले बताए । प्रहरीको रेकर्डमा देखिएको अन्य बैंकिङ कसुरको विवाद पनि मिलापत्रमा टुङ्गिएको छ ।

    बुधवार उनी काठमाडौँको बानेश्वरबाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि जाहेरी दर्ता भएको भेटिएपछि उनलाई धुलिखेल पठाइएको छ । काभ्रे प्रहरीले उनलाई उपस्थित गराइदिन पत्राचार गरेको काठमाडौँ परिसरका  अधिकृतले बताए । उनले भने, ‘यहाँको मुद्दा टुङ्गिएसँगै उहाँलाई काभ्रेपलान्चोक प्रहरीको जिम्मा लगाएका छौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु